सिंजाको केदारनाथ मेला सुरु

जुम्ला । सिंजाको केदारनाथ महोत्सव सुरु भएको छ । साउन पूर्णी, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने बर माग्ने मेला भन्ने मूल नाराका साथ सिंजा गाउँपालिका– ४ बारेगाउँ नजिकैको केदारनाथ मन्दिरमा महोत्सवको आयोजना गरिएको हो । महोत्सव ३ दिनसम्म सञ्चालन हुने छ ।

महोत्सवमा स्याउ प्रदर्शनीसमेत हुने पालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ । तर उचित प्रचारप्रसारको अभावमा सधैं ओझेलमा परिरहेको छ । महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने मुख्य लक्ष्य राखिएको छ ।

“पुर्खाहरुको योगदान, खसहरुको विरासत, भाषा संस्कृतिको जननी, नाथहरुको नाथ, साउनको शुक्ल एकादशी पुण्य कर्म र पर्यटन प्रवद्र्धन गर्न पुगौं केदारनाथ” भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको हो । तय गरिएको छ ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसि लगायत अन्य अतिथिले गरेका हुन् ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस