विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध आन्दोलन घोषणा

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना एमसिसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आगामी असोज १ गतेदेखि १५ गतेसम्म काठमाडौंसहित विभिन्न ६ जिल्लामा मार्चपास गर्ने नेकपाले निर्णय गरेको छ।

आज बिहान बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो। काठमाडौं, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने तयारी छ।

त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने सो पार्टीले जनाएको छ।

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस