जात्रामय जुम्ला,थलिएको आर्थिक गतिविधि बढ्यो

जुम्ला । जुम्लामा लाग्ने कर्णालीकै लामो तथा ठुलो जात्रा सुरु भएसंगै अर्थतन्त्र चलायमान भएको छ । विगत तीन वर्षदेखि कोरोनाका कारण भव्य रुपमा सञ्चालन हुन नसकेको जात्रामा यस वर्ष सुरुदेखि जात्रुको उल्लेखीय सहभागिता छ । जसका कारण जात्राले जुम्लाको अर्थतन्त्र चलायमान बनाएको हो ।

कोरोनाका कारण विगतका दुई वर्ष जात्रा सञ्चालन हुन सकेन् । भने बितेको वर्षमा त्रासकै बीच आशिंक रुपमा जात्रा सञ्चालन भएको थियो । तर यस नागरिकको सहभागिता उल्लेखीय हुदैँ जाँदा जुम्ला जात्रामय बनेको छ ।

हरेक वर्ष जनै पूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण शुक्ल प्रतिपदाका दिनदेखि सात दिन जात्रा लाग्छ । कर्णालीकै लामो तथा ठूलो यो जात्रा कर्णालीकै ऐतिहासिक र सांस्कृतिक जात्रा हो ।

विषेशगरी नेवार समुदायको प्रमुख पर्वको रुपमा रहेको जात्रा जुम्लामा बसोबास गर्ने नेवार समुदायले भव्य रुपमा मनाउँछन् । नेवार समुदायसँग आधारित मानिने जात्रामा पछिल्लो समय ब्राह्मण, क्षेत्री, बौद्ध धर्मावलम्बी र दलित समुदायको पनि अर्थपूर्ण सहभागिता हुन थालेको छ ।

समग्र कर्णालीको ऐतिहासिकता झल्काउने जात्रालाई यस वर्ष आर्थिक चलायमानको जात्राका रुपमा समेत हेरिएको छ । झण्डै एक हप्ता चल्ने जात्राले जुम्लाको अर्थतन्त्र चलायमान बनाउन टेवा पुराउने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“कोरोनाले बितेको तीन वर्ष जुम्लामा जात्राको रौनक छाएन् । तर यसपाली सुरुवाती देखिनै नागरिकको बाक्लो भिड छ । कोरोनाकै कारण व्यापार व्यवसाय नराम्ररी थलिए । धेरै व्यवसायीहरु पलायन समेत भएका छन् । तर एक हप्ता चल्ने जात्राले जुम्लाको अर्थतन्त्रलाई गतिशिल बनाउने आशा छ ।”

विशेष होटल व्यवसाय,कपडा पसल देखि नास्ता पसल यो समय निकै व्यस्त हुने गर्छन् । जुम्ला कालिकोट,मुगु र जाजरकोट सहितका जिल्लाका हजारौ नागरिकको सहभागिता हुने भएकोले आर्थिक गतिविधि बढ्ने अध्यक्ष देवकोटाको भनाई छ ।

सामाजिक एकता तथा धार्मिक सहिसुषणता कामय गर्न मनाईने जात्राले आफ्नै महत्व र विशेषता छन् । एकहप्ता सम्म मनाईने जात्रामा पहिलो दिन गाई जात्रा,दोस्रो दिन रोपाई जात्रा क्रमश,बाघ भालु,पल्टन, लगायतका विभिन्न झाँक्री सहितका जात्रा प्रर्दशन गरिन्छ । हरेक दिन दिउसो ३ बजेपछि जात्रा लाग्ने गरेको छ ।

लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास छ । हँसाउने कार्यक्रम स्वरूप गाईजात्रा मनाउने गरिएको हो ।

जात्रासँगै जुम्लामा बढेको चहलपहलले जुम्लाका होटल व्यवसायीको कारोबार पनि बढेको होटल व्यवसायी बताउँछन् । जात्राले जुम्लाको हरेक वस्तुलाई बजारीकरण गर्नसमेत सहज गर्छ । यस वर्षको जात्राले नागरिकलाई रमाईलोसंगै आर्थिक गतिविधि चलायमान बनाउन ईटा थपेको जात्रा समितिका अध्यक्ष आनन्द अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“दैनिक २ देखि ३ हजार बढी जात्रु सदरमुकाम आउँछन् । कृष्ण जन्माअष्टीको रात र लाखे काट्ने दिनमा झण्डै १५÷२० हजार भन्दा बढी जात्रुको सहभागिता हुने अनुमान छ । यहाँका साना–ठूला होटल भरिभराउ छन् । फेन्सी पसलहरुको व्यापार ह्वात्तै बढेको छ । अघिपछिको भन्दा जात्राले जुम्लाको अर्थतन्त्रलाई चलायमान बनाएको छ ।”

अरु बेला भन्दा जात्रा अवधिमा कुनै पनि सामान खरिद गर्दा केही छुट र सस्तो मूल्यमा पाइने भएकाले पनि आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको हो । स्थानीयहरु पनि लामो समयदेखि सामान खरिद गर्न जात्राकै पर्खाईमा हुने गर्छन् । जात्रा लागेसंगै कपडाको व्यापार विगतको भन्दा राम्रै भएको गौतम फेन्सी स्टोरका सञ्चालक भीमप्रसाद गौतमले बताउनुभयो ।

जात्रा अवधिमा नागरिकको भिडभाड बढी हुने र यही मौका छोपी व्यापारीले मूल्य बढाउने तथा कालोबजारी गर्ने भएकोले बजार अनुगमनलाई जोड दिईने उद्योग बाणिज्य संघको भनाई छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस