हियाखाेलाकाे सामुदायिक विधालयमा छापामय कक्षादेखि पुस्तकालय

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं.६ स्थित कालिका आधारभुत विधालयमा छापामय कक्षाकाेठादेखि पुस्तकालय स्थापना गरिएकाे छ ।

सामुदायिक विधालय प्रति विधार्थीकाे आकर्षण बढाउन छापामय कक्षाकाेठा व्यवस्थापन गरिएकाे छ । भने,पठन सीप र बानीकाे विकास गर्न विधालयमा पुस्तकालय समेत स्थापना गरिएकाे हाे ।

सामुदायिक विधालयमा सरकारकाे ठुलाे लगानी गरेपनि विधार्थी घट्दाे क्रममा छन् । नीजि विधालय प्रतिकाे आकर्षण बढी रहेकाे छ । नीजि विधालय प्रति बढ्दाे विधार्थीकाे आर्कषण घटाउन तथा व्यवहारिक शिक्षामा जाेड दिन छापामय कक्षाकाेठा व्यवस्थापनदेखि पुस्तकालय स्थापना गरिएकाे विधालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले बताए ।

उनले भने,”शहरी क्षेत्रका भन्दा दुर्गमका सामुदायिक विधालयकाे अबस्था दयनीय छ । अधिकांश स्कुल भाैतिक संरचना अभावकै बिच चलेका छन् । जसका कारण विधार्थि घट्दाे अबस्थामा छन् । त्यसैले सामुदायिक विधालयमा विधार्थिकाे आर्कषण बढाउन पनि सामुदायिक विधालय सुधारकाे अभियान थालेका हुन् ।”

उमेरले कर्णालीकै कान्छा विव्यस अध्यक्ष कामीले सामुदायिक विधालय सुधारमा शिक्षक,अभिभावक तथा विधार्थिनै जिम्मेवार हुनु पर्ने बताउँछन् । सामुदायिक विधालयमा पूर्वाधार अभाव,मैत्रीपुर्ण कक्षाकाेठा र शाैचालय,अभिभावक नहुनु लगायतका कारण सामुदायिक विधालयकाे शैक्षिक अबस्था खस्किदाे अबस्थामा छ ।

तर ताताेपानी ६ हियामाखाेलामा स्थित कालिका आधारभुत विधालय पालिकाकै नमुना विधालय बन्ने गतिमा अघि बढेकाे छ । कर्णालीकै कान्छा विव्यस अध्यक्षका रुपमा यूवा डिल्ली कामी आएपछि १ सय ३० जना विधार्थी संख्या रहेकाे कालिका आधारभुत विधालय सुधारकाे गति बढेकाे हाे ।
अभिभावकहरु पनि जागरुक भएर लागेका छन् ।

भने स्थानीय सरकारले पनि कालिका आवि सुधारका निम्ति आबश्यक लगानी गर्ने आश्वासन दिदै आएकाे छ ।
विधालयकाे १५ ओैँ बार्षिक उत्सवका अबसरमा मंगलबार पुस्तकालय स्थापनासंगै उद्घाटन गरिएकाे छ । स्व.दिप बहादुर स्मृति प्रतिष्ठानकाे समन्वय तथा विधालयका अगुवाईमा पुस्तकालय स्थापना गरिएकाे हाे।

पुस्तकालयका लागि विभिन्न लेखक तथा पाठकहरुबाट पुस्तक संकलन थालिएकाे छ । जसका लागि पत्रकार महेश नेपालीले एक दर्जन,सागर परियारले एक दर्जन,लेखक खडानन्द चाैलागाईले आधार दर्जन,पत्रकार शुभाकर विश्वकर्माले पनि एकर्दजन पुस्तक सहयाेग गरेका छन् ।

दुर्गमकाे विधालयमा पुस्तकालय स्थापना हुनु चेतनाकाे विस्तार,प्रश्न गर्ने बानीकाे विकास,पठन सीप र बानीकाे विकासमा टेवा पुग्ने पत्रकार महेश नेपालीले बताए । संरचना अभावकै बीच सामुदायिक विधालयकाे शैक्षिक अबस्था गुज्रिरहेकाे अबस्थामा दुर्गमकाे विधालयमा पुस्तकालय स्थापना हुनु सुखद पक्ष हाे ।

साथै विधालयका १ देखि ५ सम्मका सबै कक्षा काेठाहरु छापामय बनाईएकाे छ । पालिका अध्यक्ष,उपाध्यक्ष,लगायतका सराेकारवालाहरुले समेत अवलाेकन गरेका थिए । विधार्थी आर्कषण गर्न विधालयले गरेकाे महेनत प्रशंसा याेग्य रहेकाे पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।

इच्छा शक्ति भएकाे खण्डमा सामुदायिक विधालय सुधार गर्न असम्भव नरहेकाे उदाहरण कालिका आविले दिएकाे उनकाे भनाई छ ।
ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले सामुदायिक विधालय सुधारका लागि शिक्षक,अभिभावक,विधार्थी र स्थानीय सरकार गम्भीर हुनु पर्जे बताए ।

उनले भने,”हियाखाेला विधालय जिल्लाकै नमुना विधालय बन्ने सम्भवनायुक्त विधालय हाे । अझै अभिभावककाे सक्रियता जरुरी छ । विधालयकाे शैक्षिक वातावरण विधार्थी आकर्षकण गर्ने खालकाे छ । विधालय सुधारका नयाँ अभ्यासलाई निरन्तरता दिन जरुरी छ ।”

बार्षिक उत्सवका अबसरमा विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुस्कार वितरण गरिएकाे छ । भने विधालयकाे समग्र विकासमा उल्लेखीय भुमिका खेलेकाे भन्दै जिल्लाका क्रियाशील पत्रकारहरुलाई सम्मान गरिएकाे छ ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस