माटोको ढिस्कोले च्यापिएर महिलाको मृत्यु

कालिकोट । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको निधन भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको निधन भएको हो । 

वीरेन्द्र शाहीकी धर्मपत्नी मीना शाहीको घुगाने भीरमा माटो खन्न गएका बेला पुरिएर निधन भएको स्थानीय वडाध्यक्ष देवनाथ योगीले बताउनुभयो । 

स्रोत ः गोरखापत्र अनलाइन

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस