जुम्ला । जुम्लामा हालसम्म २ वटा मात्रै मानव बेचबखिनका मुद्दा दर्ता भएको छ । आर्थकि वर्ष २०७४÷७५ मा १ वटा र आव ०७७÷७८ मा १ वटा गरी दुईवटा मात्रै मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुई वटा मुद्दा मध्य एक उजुरी फर्छौट भईसकेको छ । भने एक अनुसन्धानकै क्रममा रहेको छ ।
प्रहरी निरिक्षक याम बहादुर बुढामगरले आव २०७४र७५ मा २१ जना जुम्लाका बालबालिका बेच्ने उद्देश्यले जिल्ला बाहिर लगिएको विषयमा उजुरी परेको बताउनुभयो । उक्त मुद्दा किनारा लागी सकेको छ ।
भने,०७७÷७८ मा दर्ता भएको मुद्दा अहिले पनि अनुसन्धानकै क्रममा रहेको छ । मुलुकमा मानव बेचबिखनको समस्या विकराल बन्दै गरेको अबस्थामा जुम्लामा उजुरीका रुपमा २ वटा मात्रै आउनुले समस्या अझै बाहिर नआएको नागरिक अगुवा राज बहादुर महतले बताउनुभयो ।
घरेलु तथा लैगिक हिंसा,कमजोर आर्थिक अबस्था,शिक्षाको कमी,बेरोजगारी,असुरक्षित बसाईसराई,सामाजकि संजालको दुरुपयोग,द्दन्द्द तथा राजनीतिक असिथ्रता,राम्रो र खुसी जीवनको चाहना लगायतका कारणले मानव बेचबिखनको समस्या बढ्दै गएको डिएसपी प्रल्हाद कार्कीले बताउनुभयो ।
यौन शोषण,अंग प्रत्यारोपण,श्राशोषण,सर्कसमा खेलाउन,अबैध रुपमा धर्मपुत्र,पुत्री बनाउन,घरेलु कामदार बनाउन,बालश्रम गराउन लगायतका क्षेत्रमा दुरुपयोग गर्ने उदेश्यले मानव बेचबखिन हुने गरेको छ ।
मानव बेचबिखन जस्तो संबेदनशील विषयमा स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरु गम्भीर नदेखएिको उहाँको भनाई छ । पछिल्लो समय मानव बेचविखन विकराल बन्दै गएको छ । वैदेशीक रोजगारीका नाममा,सेवा प्रवाह तथा लगायतका नाममा मानव बेचविखन भईरहेको छ ।
साथै गरिबीले पनि मानव बेचबिखन तथा ओसारपसारको समस्या बढ्दै गएको छ । शिक्षा चेतनाको अभावले दुरदराजमा धेरै बच्चा जन्माउने,ठुलाबडाका घरमा पढ्न लेख्न भनेर पढाउने र अन्तमा विक्री हुने र यौन शोषणमा पर्ने समस्या छ ।
आफ्नै उत्पादनले ४÷५ महनिा नपुग्ने समस्या छ । जसका कारण विपन्न परिवारका बालबालिका होटलमा,ठुलाबडाका घरमा काम गर्न पठाउनु पर्ने बाध्यता छ । साथै मानव बेचबखिन सवालमा राजनीतकि दलहरु समेत गैर जिम्मेवार बनेका छन् ।
जुम्लामा बुधबार मानव बेचीबखन विरुद्दको १७ ओैँ राष्ट्यि दिवसको अबसरमा र्यालीपछि आयोजित अन्तरक्रियामा सहभागी सरोकारवालाले गरिबी,अक्षिा,सरोकारवालाको गैरजिम्मेवारीपन,अभिभावकको लापरबाहीले मानव बेचबिखनका समस्या बढेको बताएका छन् ।
मानव बेचबिखन रोक्न अभिभावक सेचतना देखी सामाजिक संजालको सदुपयोग,जनचेनतना अभबिृद्द िलगायतका विषयमा ध्यान दिन जोड दिएका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले मानव बेचबिखनलाइ रोक्न घरबाटै सचेतनाको कार्यक्रम संचालन गर्नु पर्ने बताउनुभयो । स्थानीय सरकार गैससले यस्ता विषयमा संबेदनशील भएर लाग्न जरुरी रहेको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घमिरिेले मानव बेचविखन समस्या वर्तमान समयको मुख्य चुनौती भएको बताउनुभयो । बेचविखनको जोखिममा सबैभन्दा बढी महिला र बालबालिका रहेका छन् । आर्थिक,सामाजिक अबस्था कमजोर,चेतनास्तर सबै कमजोर हुँदा पनि बेचबखिन बढेको उनको भनाई छ। साँझा प्रयास एकताले मात्रै यी समस्या उन्मुलन गर्न सम्भव रहेकोमा जोड दिए ।
शसस्त्र प्रहरी वलका एसपी चेतराज जोशीले भौतिक र चेतनाको विकास बढेसंगै उतिकै रुपमा यौन हिंसा,मानव बेचविखनका समस्या बढीरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“नागरकि सचेत भएको खण्डमा यस्ता समस्या न्युनिकरण हुन्छन् । सुरक्षा नकिाय एक्लैले गरेर सम्भव छैन् । आफ्नो अधकिारको पालना गर्दा कर्तव्य पनि वर्सिनु हुदैन ।”
मानव बेचबिखन तथा ओेसारपसार (नियन्त्रण), ऐन २०६४ ले कुनै पनि बाहनामा मान्छेको ओसारपसार गर्ने,अंग विक्री गर्ने लगायतका कसुरदार तथा अन्य संलग्न व्यक्तिलाई २० वर्ष सम्म कैद सजाय तथा कारबाही हुने व्यवस्था छ । भने मानव बेचविखनको मुद्दाको हद म्याद असिमित हुने ऐनमा उल्लेख छ ।