जुम्ला । जुम्लामा कृष्ण जन्मा अष्टमीकाे अन्तिम दिन जात्रुकाे अत्यधिक भिड लागेकाे छ । करिब एक हप्ता संञ्चालन हुने कर्णालीकै लामाे जात्राकाे अन्तिम दिन विहिबार हजाराैकाे संख्यामा जात्रुकाे भिड लागेकाे हाे ।
कृष्णजन्मा अष्टमीकै रातीबाट जुम्लामा जात्रुकाे भिड लागेकाे थियाे । काेराेनाका कारण तीन वर्षदेखि जात्रा संचालन हुन नसकेकाे जुम्लामा यश वर्ष नागरिककाे उत्साह पुर्ण सहभागिता रहेकाे छ ।
बसाई अबस्थित हुँदा महिला बालबालिका जेष्ठनागरिकलाई पनि असहज भएकाे छ । जात्राकाे व्यवस्थापन कमजाेर भएकाे नागरिककाे गुनासाे छ ।
यदपी,जात्राकाे सुरक्षा व्यवस्थापनलाई मजबुद बनाईएकाे जिल्ला प्रशासनकाे दाबी छ । जुम्लामा जनैपुर्णिमाकाे भाेलीपल्टदेखि निरन्तर जात्रा संचालन भएकाे थियाे ।
प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार