अध्यात्मिक सदगुरु जुम्लाको तालकोट आउदै

जुम्ला ः भारत मैसूरका अध्यात्मिक जग्गी बासुदेव सद्गुरु पातारासीको तालकोटमा आउने भएका छन् । उनी हरेक वर्ष मानसरोवर दर्शन गर्न जाने गर्दछन् ।
त्यही क्रममा अहिले जुम्लाको पातारासी गाउँपालिका तालकोट भएर मानसरोवर जाने भएका हुन् । सद्गुरु शुक्रबार बेलुका तालकोटमा पुग्ने समय तालिका रहेको छ ।


सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु हुदै हुम्लाको लाप्चा भएर मानसरोवर दर्शनको रुड तय भएको छ । सद्गुरुले पातारासीको तालकोटमा दुई दिन रहने योजना रहेको भानु देवकोटाले बताए । उनले भने उनीहरुको टिम छ । अध्यात्मिक कार्य गरेर मुगु, हुम्लाको लाप्चा हुदै मानसरोवर जाने तयारी छ । उनीहरु दुई दिन बसाईको सवै तयारी गरेका छौँ ।
जग्गी वासुदेव एक लेखक हुन् । उनलाई सद्गुरु पनि भनिन्छ । उनी ईशा फाउन्डेशन नामक लाभरहित मानव सेवी संस्थानका संस्थापक हुन् ।
ईशा फाउन्डेसन भारत सहित, संयुक्त राज्य अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ साथै सामाजिक एवं सामुदायिक विकास योजनाका काम पनि गर्दछ । सद्गुरु भारतको मैसिरमा सन् १९५७ सेप्टेम्बर ३ मा जन्मेका हुन् ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस