
जुम्ला ः गुठिचौर गाउँपालिका कर्मचारीले निजामति सेवा दिवस बहिष्कार गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौँ २२ गते निजामति सेवा दिवस मनाउने परिपत्र गरेपनि गुठिचौरका कर्मचारीले भने बहिष्का गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा सुविधा, बृत्ति विकाको सुनिश्चिता नभएको र प्रस्तावित निजामति सेवा विद्ययकको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामति सेवाको परिभाषामा नसमेटेको भन्दै बहिष्कार गरेका हुन् ।
संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी बीच विभेद गरेको हुदा निजामति सेवा दिवस मनाउन उपयूक्त नहुने ठानेर बहिष्कारसहित कालोपट्टी बाँधेर विरोध गरिएको स्वास्थ्य शाखा संयोजक बालराम नेपालीले बताए । उनले भने यस विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छौँ ।
प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार