मेघनाथ योगीको अध्यक्षतामा राहत शिक्षक समिति गठन

जुम्ला ः जुम्लामा मेघनाथ योगीको अध्यक्षतामा राहत शिक्षक जिल्ला कार्य समिति गठन गरिएको छ । योगीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।
जिल्लामा सम्पन्न भएको राहत शिक्षकहरुको भेलाले नयाँ कार्यसमिति चयन भएको हो । सहध्यक्षमा दिपक बुढा, सचिवमा भोजराज न्यौपाने, कोषाध्यक्षमा पशुपति कुमारी सिंह (शाही) चयन भएका छन् ।
समितिको सदस्यमा गोकर्ण शाही, रामप्रसाद आचार्य, कालिवहादुर विष्ट, रामबहादुर वोहरा, हरिश्चन्द्र भट्ट, रञ्जना बुढा, देविचन्द्र वुढा, रविन्द्र प्रसाद उपाध्याय र गोविन्द शाही रहेका छन् । नवनिर्वाचित जिल्ला अध्यक्ष योगीले शिक्षकको हक अधिकारका लागि अव नयाँ समितिले सक्रिय भएर काम गर्ने बताए । उद्घाटन कार्यक्रममा पेशागत महासंघका केन्द्रीय सदस्य कालिबहादुर शाहीले शिक्षकको हक अधिकारका लागि नयाँ समितिले काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस