दुर्गम जिल्ला मुगुमा पुग्यो,राष्ट्रिय प्रशारण लाईनको विद्युत

जुम्ला । दुर्गम जिल्ला मुगु सहित कर्णाली प्रदेशका नौ जिल्लामा राष्ट्रिय प्रशारण लाईन विद्युत पुगेको छ । आईतबारदेखि मुगुमा राष्ट्यि प्रशारण लाईनको विद्युत बलेसंगै कर्णालीका १० वटा जिल्ला मध्य नौ जिल्लामा राष्ट्यि प्रशारण लाईनको पहुँच विस्तार भएको हो ।
३३ केभी प्रशारण लाईन मार्फत ११ केभीमा चार्ज गरेर मुगुमा राष्ट्यि बत्ति पुराइएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोट हुदैँ जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्ममा ट्यापिङ गरी करिब ९३ किलोमिटर लाइन निर्माण गरेर मुगुको सदरमुकाम गमगढीसम्म विद्युत विस्तार भएको विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

उनले भने,“मुगुमा सवस्टेशन निर्माणधिन अबस्थामा छ । त्यसैले सिधै ३३ केभी प्रशारण लाईन पुगेको छैन् । तर ३३ केभी लाईनलाई ११ केभीसंग जोडेर नाग्ममा ट्यापिङ गरी मुगु बत्ति पुराइएको छ । सवस्टेशन बन्ने बित्तिकै ३३ केभी सिधै मुगु पुग्छ । अब कर्णालीको हुम्ला जिल्ला बाहेक नौ वटा जिल्ला राष्ट्यि बत्तीको पहुँचमा पुगेका छन् ।”

प्राधिकरणले आइतबारबाट गमगडिलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगढी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगाड र आसपासका क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ ।

उनका अनुसार यस अघिनै कर्णालीका जुम्ला,सुर्खेत,दैलेख,जाजरकोट,सल्यान,रुकुम पश्चिम,डोल्पा र कालिकोट जिल्ला राष्ट्यि प्रशारण लाईनको पहुँचमा पुगी सकेका छन् । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । अझै प्रशारण लाईन पुग्न बाँकी हुम्लामा पनि लाईन विस्तारका लागि ठेक्का सम्झौता सम्पन्न भई सर्वे भइरहेको छ ।

साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने नेपाल विद्युत प्राधिकरणका कर्णाली प्रदेश प्रमुख यादवको भनाई छ । राष्ट्रिय प्रसारण लाइन पुगेसंगै मुगुमा विद्युतीकरणको कार्यलाई तिब्र रुपमा अगाडि बढाइने प्राधिकरणको योजना छ । अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक छन् ।
गत वर्षको असोजको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति गरेको थियो । तर पनि स्थानीय उत्पादन भरपर्दो नहुँदा लामो समयदेखि राष्ट्यि लाईनको बेग्र प्रतिक्षामा रहेका मुगुबासी उत्साहित भएका छन् ।

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगडिमा ३३÷११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताए ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस