जुम्ला । मुगुको छायानाँथ रारा नगरपालिका वडा नं.१२ लुम्सा गाउँका ३४ घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । बाढी पहिरोको उच्च जोखिममा रहेका तथा विपद्बाट प्रभावित ३४ घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हो ।
लुम्सा गाउँका ३४ घरपरिवार गत साल भएको बेमौसमी वर्षापछि आएको बाढी पहिरोले प्रभावित भएका थिए । अधिकांश घरहरु चर्किएका थिए । भने केहि भत्कीएका थिए । भने नागरिक त्रासकै बीच बस्न बाध्य थिए ।
तर सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले लुम्सा गाउँका बाढी पहिरोको उच्च जोखिममा रहेका ३४ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको आयोजना कार्यालयका सव–ईन्जिनियर चन्द्र बहादुर खड्काले बताए ।
उनले भने,“बाढी पहिरोको उच्च जोखिममा रहेको र विगतका विपद्बाट समेत प्रभावित लुम्साको ३४ घरधुरीको बस्तीनै सारिएको छ । पुर्ण अनुदानमा सुविधायुक्त घर निर्माण गरिदिएका छौ । लुम्सा गाउँको बिस्थापित घरपरिवारलाई कार्मारोङ गाउँपालिका वडा नं. ९ स्थित चिमाथमा बस्ती सारिएको हो ।”
सुरक्षित स्थानमा बलियो घर पाएपछि स्थानीय समेत उत्साहित भएका छन् । अब ढुक्क दैनिकी गुजार्ने उनिहरुको भनाई छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको ‘बस्ती विकास कार्यक्रम’ अन्तर्गत संघिय सरकारको डेढ करोडबढी लगानीमा ३४ घर निर्माण गरी बस्ती सारिएको सव–ईन्जिनियर खड्काले जानकारी दिए ।
बस्ती विकास कार्यक्रम अन्तरर्गत रहि दलित आवास निर्माण कार्यक्रमको मार्फत प्रति घरलाई ५ लाख लगानी गर्दा ३४ घर निर्माणका लागि १ करोड ७० लाख लगानी भएको छ । १ करोड ७० लाख खर्चिएर विपदको जोखिममा रहेका बस्तीहरु सुरक्षित स्थानमा सारिएको हो ।
विभिन्न समयमा लुम्सा गाउँमा आएको भिषण पहिरोबाट गाउँ निकै जोखिम रहेको थियो । पटक – पटक सरकारसँग बस्ती सारिदिन माग गरेपछि गत आव २०७९÷८० को बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजनाले घर निर्माणको काम थालेको थियो । उक्त आयोजनाको कार्यालयले साविक कर्णालीका ५ जिल्लामा भवन,सडक,आवास निर्माणको काम गर्दै आएको छ ।
पहिला निकै जोखिमकै बीच बस्न बाध्य थियौ । अहिले सुरक्षित स्थानमा बस्ती सरेपछि ढुक्क भएका छौ । स्थानीय पुर्णचन्द्र विश्वकर्माले भने,“हामीले मुगुका माननीयदेखि प्रदेश र संघिय सरकारलाई बस्ती सार्न माग नगरेका हैनौ । तर हाम्रा समस्याहरुको सुनुवाई भएन् । सघन सहरी तथा भवन निर्माण आयोजनाको लगानीमा पुर्ण अनुदानमै घर बनेपछि खुसी छौ । अब नागरिक भएको अनुभुति भएको छ ।”
जिउ ज्याननै जोखिममा राखेर भत्कीए चर्कीएका घरमा बस्न बाध्य लुम्सा बासीले नयाँ घर पाएसंगै यो पुण्यको काम गर्ने आयोजनाको कार्यालय,निर्माणमा सक्रियता देखाउने कर्मचारी निर्माण व्यवसायीलाई लुम्साबासीले धन्यबाद दिएका छन् । गाउँबासीनै उत्साहित भएका छन् ।
नयाँ बस्तीमा सुरक्षित खानेपानी,आरसिसि सडक लगायतका आधारभुत पूर्वाधार निर्माढा गन सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ । उक्त बस्तीलाई नमुनाको बस्तीका रुपमा विकास गरिने छ । छायाँनाथ जाँदा बाटोमै पर्ने उक्त बस्तीलाई आर्कषण बस्ती बनाएमा आउजाउ गर्ने पर्यटकहरुको समेत आर्कषक बढ्ने आशा छ ।



