
जुम्ला । जुम्लाबाट हालसम्म २१ हजार क्वीईन्टल मात्रै स्याउ निर्यात भएको छ । भदौ महिनाको २५ गते सम्मको तथ्यांक जुम्लाबाट २१ हजार १ सय १० क्वीईन्टल अर्थात २ हजार १ सय १० मेट्रिकटन स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले बताए ।
उनले भने,“यस अघिका समचारमा उत्पादन भन्दा निर्यात बढी भएको कुरा आयो । जुम्लामा यस वर्ष स्याउ उत्पादन ४०देखि ५० प्रतिशतले घटेको अनुमान छ । करिब १५ हजार मेट्रिकटन मात्रै उत्पादन हुने देखिन्छ । त्यसैले भदौ २५ गतेसम्म २१ हजार मेट्रिकटन नभई आधिकारिक रसिद लिएर २१ हजार क्वीईन्टल मात्रै स्याउ निर्यात भएको छ ।”
यदपी हाल सम्म एकिन तथ्यांक आईसकेको छैन् । आगामी तीन साता भित्र जिल्लाभरको कुल उत्पादन तथा निर्यातको एकिन तथ्यांक आउने छ । स्याउ खेतीमा किसानको आर्कषण बढेपनि उत्पादन बढ्न सकेको छैन् । विशेषगरी जुम्लाको स्याउ र मार्सी चामलको राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा माग बढेपछि जुम्ली किसानहरु स्याउ खेतीमा आर्कषित हुन थालेका छन् । केहि वर्ष यता करोडौका हिसाबले कृषि विकास कार्यालय र स्याउ सुपरजोन जुम्लाले स्याउ खेतीका लागि अनुदान समेत दिदै आएको छ ।
स्याउ खेतीमा किसानको आर्कषण बढेर स्याउ खेतीको क्षेत्र विस्तार भएपनि उत्पादन भने बृद्धि हुन सकेको छैन् । जलवायु परिर्वतन,परम्परागत खेती प्रणाली र समय,हावापानी अनूकुल स्याउ खेतीको प्रविधिबारे किसानले थाहा नपाउँदा पनि उत्पादन बढ्न सकेको छैन् ।
गत वर्षको तथ्यांकलाई मात्र हेर्ने हो भने जुम्लामा १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । भने जिल्लाभर ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भईरहेको थियो । तर कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष स्याउ खेतीको क्षेत्रफल बढेपनि उत्पादन बढेको छैन् ।
४ सय २५० हेक्टर जमिनमा स्याउ खेती हुदैँ आएको जुम्लामा यस वर्ष ३ सय हेक्टरले बढेर कुल ४ हजार ५ सय ५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ । पछिल्लो एकै वर्षमा ३ सय हेक्टर जमिनमा स्याउ खेती विस्तार हुनु सुखद पक्ष भएपनि उत्पादन विगतको भन्दा घट्नु दुखद भएको कृषि विकास कार्यालय सूचना अधिकारी शेर बहादुर भण्डारी बताए ।
गत वर्ष १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यसवर्ष ४० प्रतिशतभन्दा बढीले स्याउ उत्पादन घटेको कृषि विकास कार्यालयका प्रमुख गणेश बहादुर अधिकारीले उल्लेख गरे । उनका अनुसार भदौ २५ गते सम्मको तथ्यांकअनुसार जुम्लाबाट २१ हजार १ सय १० क्वीईन्टल मात्रै स्याउ निर्यात भएको छ । यदपी यस अघि अन्य मिडियामा २१ हजार मेट्रिकटन स्याउ निर्यात तथ्य सहि नभएको उनको भनाई छ ।
यस वर्ष जुम्लामा ४० देखि ५० प्रतिशतले स्याउ उत्पादन घट्ने अनुमान गरेका छौ । उहाँले भन्नुभयो,“यसवर्ष बढीमा १५ हजार मेट्रिकटन सम्म मात्रै स्याउ उत्पादन हुने अनुमान छ । निर्यातको एकिन विवरण भने आईसकेको छैन् ।”