दैलेखका चार स्थानमा चट्याङ : एक जनाको मृत्यु, १९ जना घाइते

सुर्खेत । दैलेख जिल्लाको विभिन्न ठाउँमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेका महाबु गाउँपालिका–१ की ४२ बर्षीय भुमिसरा खत्री रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुासार भुमिसराको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको हो।

बिहिबार (भदौ २८) गते अपरान्हपछि दैलेखका चार स्थानमा चट्याङ परेको थियो।

महाबु गाउँपालिका–१ को खरिगैरा र ओखलढुङ्गा, डुङ्गेश्वर गाउँपालिका–६ को लयाटी र नारायण नगरपालिका–४ को तामेखोलामा चट्याङ परेको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय दैलेखका अनुसार महाबु गाउँपालिका–१ ओखलढुङ्गा स्थित मानबहादुर सेनको घरमा चट्याङ पर्दा उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन्। घाइते पदमकुमारीको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। साथै उनको घरमा बाँधेको बाख्रा समेत मरेको छ।

चट्याङबाट महाबुगाउँपालिका–१ खरिगैराका ५६ वर्षीय दलबहादुर गुरुङ, ४७ वर्षीय जयबहादुर गुरुङ, आठ वर्षीय सम्झना गुरुङ, १७ वर्षीय रोशनी गुरुङ, १७ वर्षीय खरजंग गुरुङ घाइते भएका छन्।

उनिहरुको जिल्ला अस्पताल दैलेखमा सामन्य उपचारप्रश्चाप थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, महाबु गाउँपालिका–१ खरिगैरा कै शान्ति गुरुङ, भद्रदेवी खत्री, बिनिता सेन, गंगा सेन, शिसिर सेन, करिष्मा सेन, कबिराज थापा र शेरबहादुर सेन सामान्य उपचार पछि डिस्चार्ज भएका छन्।

यस्तै महाबु गाउँपालिका–१ ओखलढुङ्गाका घाइतेहरु ३२ वर्षीया पदमाकुमारी सेन, ५० वर्षीय मनसरा जैशीको दैलेख अस्पताल र ५० वर्षीय मिनबहादुर थापाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

यसैगरी, नारायण नगरपालिका–४ तामेखोला स्थित दिलबहादुर खड्काको गोठमा चट्याङका कारण एक गोरुको मृत्यु भएको छ भने अर्को घाइते भएका छ।

उक्त चट्याङबाट पार्वती कठायत र नन्दा कठायत घाइते भएका छन्। उनिहरुको पनि जिल्ला अस्पताल दैलेखमा समान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत रिफर गरिएको छ।

यस्तै, डुगेश्वर गाउँपालिका–६ को लयाटीमा परेको चट्याङकाट दुई जना घाइते भएका छन्। घाइते हुनेमा २६ वर्षीय रेखा बुढा रहेकि छन्। उनको उपचार पनि प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा भइरहेको प्रहरीले जनाएको छ।

स्रोत ः नेपाल कर्म

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस