जुम्लामा नियमविपरित सञ्चालित मेडिकललाई जरिवाना

जुम्लामा नियमविपरित सञ्चालित मेडिकल हललाई जरिवाना गरिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले सयुक्त मेडिकल अनुगमन गरेको हो । अनुगमनमा क्रममा औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नविकरण नगरेको, नियमविपरित मेडिकल सञ्चालित देखिएपछि जरिवाना गरिएको हो ।
ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टरलाई ५० हजार चन्दननाथ ओैषधी पसल ५० हजार र कर्णाली मेडिकललाई २० हजार जरिवाना गरिएको हो ।
मेडिकलहरू अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ । जुम्लाको सदरमुकाम खलंगामा बजारमा अवस्थित चन्दननाथ नगरपालिका विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गर्दा धेरै समस्याहरू देखिएका छन् । चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ । यहाँ सञ्चालित मेडिकल हलले अवैधानिक रुपमा गर्भपतन र निरोधकका औषधि पनि बच्ने गरेका पाइएको छ । अनुगमन टोलीले मेडिकल वालालाई अबका दिनमा यस्ता कार्य गरेको खण्डमा मेडिकलनै सिल गर्ने निर्देशन दिएको छ ।


बजारमा अखाद्य बस्तु विक्रीवितरण
यहाँको साना ठुला बजारमा म्याद गुजे्रका अखाद्य बस्तु विक्रीवितरण हुने गरेको पाइएको छ ।
खाद्यान्नतर्फ ६ वटा पसल अनुगमन गरिएको थियो । ५० हजार ७ सय ३६ रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ ।
चियापत्ती, डेरी मिल्क, डाइपर, ललिपप, माल्टा क्रिम, स्किन क्रिम, बियर, पापड, ड्राईफुड्स, सनफ्लावर तेल, धारा तेल, स्वस्तिक तेल, किसमिस चाउचाउ मिठाइँ, दालमोठ, लगायतका सामान जफत गरिएको गरिएको थियो । लुम्बिनी ट्रेड्रस, सागर ट्रेड्रस, लुना स्टोर्स एण्ड सप्लायर्स, बुढा जनरल स्टोर्स, न्यु श्रृष्टि जनरल स्टोर्स र पाल्पाली जनरल स्टोर्समा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले बताए । उनले भने, अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकल र पसलमा आवश्यकताअनुसार सल्लाह सुझाव दिइएको छ ।
सागर ट्रेड्रसबाट १० हजार, लुना स्टोर्स एण्ड सप्लायर्स १० हजार , पाल्पाली जनरल स्टोर्सबाट पाँच हजार र न्यू बुढा जनरल स्टोर एण्ड सप्लायर्सलाई पाँच हजार जरिवाना गरिएको छ ।
त्यस्तै सागर ट्रेड्रस र बुढा जनरल स्टोर्सलाई चेतना दिइएको अनुगमन टोलीले जनाएको छ । सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ ।
लुम्बिनी, सागर, लुना, बुढा, न्यू श्रृष्टि र पाल्पाली जनरल स्टोरबाट ५० हजार ७३६ रुपियाँ बराबरको म्याद नाघेका अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय बाँकेका प्रमुख बिष्णु प्रसाद धितालले बताए ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस