बुम्रमाडिचौरमा बाढीपहिरोले ट्रस पुल भत्काएपछि आवतजावतमा समस्या

जुम्ला ः कनकासुन्दरी गाउँपालिका – १ बुम्रमाडिचौरको खारमा हिमा नदिमाथिको ट्रस पुल भत्काएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । शुक्रबार बर्षासँगै आएको बाढीपहिरोले ट्रस पुल भत्काएको हो ।
बुम्र, धुनौली र सिप्टी गाउँका स्थानीय बासीलाई लेब्दी वनमा आवतजावत गर्नका लागि तीन वर्ष अघि फोरएस जुम्लाले ट्रस पुल निर्माण गरेको हो ।
यो तीन गाउँको घासदाउदा स्याउला, गाईबस्तुको चरण क्षेत्र र उत्पादन क्षेत्र पनि त्यहि वनजंगल हो । तर बाढीपहिराले ट्रस पुल नै भत्किाएपछि आवतजावतमा समस्या भएको वडाध्यक्ष भीम भण्डारीले बताए । उनले भने त्यो क्षेत्रमा आवतजावत गर्न पाँच मिटर र दुई सय मिटर तलमाथि झोलुंगे पुल त छन् । तर टाढा छन् । तत्काल पुन पनि पुर्ननिर्माण गर्न सक्ने अवस्था छैन । यस विषयमा वडापालिका र गाउँपालिकामा छलफल गर्ने छौँ ।
यस्तै बाढीपहिरोले सौराम बुढाको तीन वटा गोरु, एक वटा भेडा, १० वटा कुखुरा बगाएको छ । खड्क कठायत, धनलाल बुढा र सौराम बुढाको खानेपानीको पाईप, ट्यांकी पनि बाढीपहिरोले बगाएको वडाध्यक्ष भण्डारीले बताए । उनले भने घटना स्थानमै पुगेर क्षतिको प्रहरी मुचुल्का बनाई सम्बन्धित निकायमा पठाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस