जुम्ला । स्याउ जुम्लाको प्रमुख नगदेबाली मात्र नभई समृद्ध जुम्लाको आधार हो । जुम्लाका अधिकांश किसान स्याउ खेतीमै निर्भर छन् । किसानले स्याउखेतीकै आम्दानीले छोराछोरी पढाउनेदेखि घरखर्च चलाउने सम्म गरेका छन् । २०६४ सालमा जुम्ला नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भएपछि जुम्लाको अन्नबालीदेखि फलफूलको अत्यधिक माग छ । पछिल्लो समय जुम्ली उत्पादन अन्तराष्ट्यि बजारसम्म पुग्न थालेपछि माग ह्वात्तै बढेको छ ।
विशेषगरी जुम्लाको स्याउ र मार्सी चामलको राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा माग बढेपछि जुम्ली किसानहरु स्याउ खेतीमा आर्कषित हुन थालेका छन् । केहि वर्ष यता करोडौका हिसाबले कृषि विकास कार्यालय र स्याउ सुपरजोन जुम्लाले स्याउ खेतीका लागि अनुदान समेत दिदै आएको छ ।
स्याउ खेतीमा किसानको आर्कषण बढेर स्याउ खेतीको क्षेत्र विस्तार भएपनि उत्पादन भने बृद्धि हुन सकेको छैन् । जलवायु परिर्वतन,परम्परागत खेती प्रणाली र समय,हावापानी अनूकुल स्याउ खेतीको प्रविधिबारे किसानले थाहा नपाउँदा पनि उत्पादन बढ्न सकेको छैन् ।
गत वर्षको तथ्यांकलाई मात्र हेर्ने हो भने जुम्लामा १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । भने जिल्लाभर ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भईरहेको थियो । तर कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष स्याउ खेतीको क्षेत्रफल बढेपनि उत्पादन बढेको छैन् ।
४ सय २५० हेक्टर जमिनमा स्याउ खेती हुदैँ आएको जुम्लामा यस वर्ष ३ सय हेक्टरले बढेर कुल ४ हजार ५ सय ५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ । पछिल्लो एकै वर्षमा ३ सय हेक्टर जमिनमा स्याउ खेती विस्तार हुनु सुखद पक्ष भएपनि उत्पादन विगतको भन्दा घट्नु दुखद भएको कृषि विकास कार्यालय सूचना अधिकारी शेर बहादुर भण्डारी बताउँछन् ।
उनी भन्छन,“किसानको आर्कषण बढेसंगै स्याउ खेतीको क्षेत्रफल बढेको देखिन्छ । एकवर्ष ३ सय हेक्टर जमिनमा स्याउ खेती विस्तार हुँदा उत्पादन पनि बढ्नु पर्ने । त्यसै माथि अधिकांश किसानको रोजाई उच्च घनत्वका (फुजी) जातको विरुवामा छ । जो ५ महिनामै फल दिन्छ । तर पनि उत्पादन बढ्न सकेन् ।”
गत वर्ष १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यसवर्ष ४० प्रतिशतभन्दा बढीले स्याउ उत्पादन घटेको कृषि विकास कार्यालयका प्रमुख गणेश बहादुर अधिकारीले बताए । उनका अनुसार भदौ २५ गते सम्मको तथ्यांकअनुसार जुम्लाबाट २१ हजार १ सय १० क्वीईन्टल मात्रै स्याउ निर्यात भएको छ ।
यस वर्ष जुम्लामा ४० देखि ५० प्रतिशतले स्याउ उत्पादन घट्ने अनुमान गरेका छौ । उनले भने,“यसवर्ष बढीमा १५ हजार मेट्रिकटन सम्म मात्रै स्याउ उत्पादन हुने अनुमान छ । निर्यातको एकिन विवरण भने आईसकेको छैन् । भदौ २५ गते सम्म २१ हजार १ सय १० क्वीईन्टल स्याउ मात्रै आधिकारिक रसिद काटेर निर्यात भएको छ ।”
विगत पाँच वर्ष यताकै तथ्यांक हेर्दा स्याउ उत्पादनमा यस वर्ष ह्वात्तै गिरावट आएको छ । उत्पादनमा कमी,पछि मुल्य नपाईने डरले नपाक्दै विक्री हुनु र जिल्लामै कोल्डस्टोर नहुनु लगायतका कारणले जुम्ली स्याउको पहिचानै खतरामा पर्ने देखिएको छ ।
खेती विस्तार भएनुसार उत्पादनमा बृद्धि गर्न,उपयुक्त मुल्य किसानलाई दिन जुम्लाका आठैपालिका मध्यम खालका कोल्डस्टोर निर्माणमा लगानी गर्न जरुरी रहेको व्यवसायी देउऋषि चौलागाई बताउँछन् । उलने जुम्लामा १३ करोड लगानीमा १५ लाख मेट्रिकटन क्षामताको कोल्ड स्टोर निर्माण गरेपनि बत्ती नहुँदा प्रयोग विहिन बनेको छ ।
यसअघि अन्य मिडियामा उत्पादन भन्दा निर्यात बढी भएकोले २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको भन्ने तथ्यांक फरक पर्न गएको कृषि विकास कार्यालयका प्रमुख रोकायाको भनाई छ । जिल्लाको उत्पादन र निर्यातको एकिन तथ्यांक आउन अझै तीन साता लाग्ने देखिन्छ ।