समाजसेवी भरत नेपालीद्धारा कालिका आविलाई शैक्षिक सामाग्री सहयोग

जुुम्ला । तातोपानी गाउँपालिका वडा नंं ४ निवासी समाज सेवी भरत नेपालीले हियाखोला स्थित कालिका आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । तातोपानी ६ हियाखोलामा रहेको पालिकाकै नमुना विद्यालय बन्ने गतीमा लम्कीएको कालिका आविलाई समाजसेवी नेपालीले आफ्नो व्यक्तिगत रुपमा शैक्षिक  तथा खेलकुद सामाग्री सहयोग गरेका हुन् ।


उक्त शैक्षिक सामाग्री मंगलबार विद्यालयलाई एक औपचारिक कार्यक्रम गरेर हस्तान्तण गरिएको छ । समाजसेवी नेपालीले विद्याल लाई भलिवल २ थान,फुटबल २ थान, पम्प नेडिल एक थान,सामान्य ज्ञान ३ थान, बाल कथाका किताब ५ दर्जन र अन्य किताब ९ थान प्रदा नरेको विद्यालयका निमित्त प्रधानाध्यापक लालसिंह कामीले बताए ।

प्राप्त शैक्षिक सामाग्रीले विद्यालयको शैक्षिक सुधार तथा बालबालिकाको पठन सिप विकासमा टेवा पुराउने विद्यालयको आशा छ । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समाज सेवी नेपालीले सामुदायिक विद्यालयको शैक्षिक अबस्था सुधारका लागि आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

उनले भने,“पछिल्लो समय नीजि विद्यालयमा आर्कषण बढेपनि शिक्षक,विद्यार्थी,अभिभावक तथा सक्रिय विव्यस अध्यक्ष भएमा सामुदायिक विद्यालय नमुना बन्छ भन्ने उदाहरण कालिका आविले दिएको पाए । कर्णालीकै कान्छा विव्यस अध्यक्षको सक्रियता देखेर कहिले जाउ भएको थियो । अबसर जुर्यो । आफ्नो व्यक्तिगत ढंगले विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्न पाउँदा खुसी छु ।”

मुलुक दक्ष जनशक्ति उत्पादन गर्ने थलोनै सामुदायिक विद्यालय भएकोले सामुदायिक विद्यालय सुधारको विकल्प छैन् । जसले जहाँबाट जेजती सक्छ सोहिनुसार सहयोग गरेको खण्डमा विद्यालय,समाज गाउँ आफै परिवर्तन हुने समाजसेवी तथा यूवा नेता नेपालीको विश्वास छ ।

अभाव र चुनौतीका बीच पनि सुरुवात आफैबाट गर्नु पर्छ भन्ने मान्यताले सामुदायिक विद्यालय सुधारको पवित्र उदेश्यले केहि पुस्तक तथा खेलकुद सामाग्री सहयोग गरेको उल्लेख गरे । आगामी दिनमा पनि जिल्लाका दुर्गम विद्यालयको शैक्षिक अबस्था सुधारका लागि आफुले सक्दो सहयोग गर्ने बताए ।


कक्षा १ देखि ५ सम्म पढाई हुने कालिका आविमा हाल १ सय ३० जना बालबालिका अध्यायनरत छन् । अन्य भन्दा दलित समुदायका बालबालिका बढी पढ्छन् । दलित समुदायकै यूवा जिल्लाकै कान्छा विव्यस अध्यक्ष छन् । सबैको साथ सहयोगले विद्यालय नमुना बन्ने गतिमा बढेको छ ।

दुर्गम कालिका आधारभुत विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्ने उदेश्यले शैक्षिक सामाग्री सहयोग गरेकोमा समाज सेवी नेपालीलाई विव्यस अध्यक्ष डिल्ली कामीले बताए । सबैको साथ सहयोगले कालिका आविलाई पालिकाको मात्र नभई जिल्लाकै नमुना बनाउने उदेश्य लिइएको  उनको भनाई छ ।


विद्यालयमा डिजिटल प्रणालीबाट पढाई गर्ने तयारीमा रहेको त्यसका लागि पालिका हुदैँ शिक्षा मन्त्रालय सम्म समेत माग गरेको विव्यस अध्यक्ष कामीले उल्लेख गरे ।

अध्यक्षमा निर्वाचित भईसकेपछि करिब ७÷८ महिना नबित्दै अध्यक्ष कामीले विद्यालय सुधारको सुखद सुरुवात गरेका छन् । उनले पालिका,देखि गैसस,समाजसेवीको सक्दो सहयोगको समेत अपेक्षा गरेका छन्  ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस