
जुम्ला । अधिकांश सामुदायिक विद्यालयको भौतिक संरचना अभावले पठन पाठनमा बाधा अड्चन हुदैँ आएको छ । नीजि विद्यालयमा आर्कषण बढेपनि सामुदायिक विद्यालयको सुधामा समेत सरोकावालाको ध्यान केन्द्रित भएको देखिदैन् । सरकारले सामुदायिक विद्यालयको सुधारमा वर्षेनि अर्बौ लगानी गर्दै आएको छ । तर पनि पूर्वाधार अभाव,शिक्षण विधिको अभाव लगायतका कारणले शैक्षिक उपलब्धी अपेक्षि रुपमा हुन सकेको छैन् । सामाुदायिक विद्यालयमा देखिएका भौतिक संरचना,आर्थिक नैतिक समस्याकै कारण सरकारी स्कुल सुधारमा चुनौती छ ।
सरकारी विद्यालयमा देखिएका पूर्वाधार अभावको समस्यालाई मध्यनजर गर्दै जुम्लाको हिमा गाउँपालिका वडा नं १ स्थित आर्चायलिहिको लक्ष्मीदेवल आधारभुत विद्यालयमा पक्की भवन निर्माण गरिएको छ । पालिका आफ्नै लगानीमा ६ कोठे पक्की भवन निर्माण गरिएको हो ।
भवन अभावले पठनपाठनमा समस्या झेल्दै आएको उक्त विद्यालय पक्की भवन पाएसंगै विद्यार्थी उत्साहित भएका छन् । राष्ट्रिय योजना आयोग र हिमा गाउँपालिकाको लगानीमा पक्कि भवन निर्माण भएपछि अध्ययन अध्यापनमा सजिलो भएको छ ।
आचार्यलिहीमा अवस्थित सो विद्यालयमा कक्षा १ देखी ५ सम्म संचालन भएको उक्त विद्यालयमा ६९ लाख लगानीमा ६ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक धनलक्ष्मी धितालले बताए र
नवनिर्मित पक्की भवनको गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गतसाता उद्घाट गरेका छन् । हिमाले शिक्षामा पहिलो प्रथामकिता दिएर काम गरेको अध्यक्ष शाहीले बताए ।
शिक्षा क्षेत्रको पूर्वाधार विकास पछि शैक्षिक गुणस्तरका षेत्रमा लगानी गर्ने अध्यक्ष्मा शाहीको भनाई छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम आचार्यले पूर्वाधा। अभाव जेलिरहेको विद्यालय भवन पाएपछि पठनपठानमा सहज हुने बताए । अझै विद्यालयमा घेरवार, खानेपानी र फर्निचरको अभाव भएकाले सहयोसग गर्न अपिल गरे ।
हिमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई बलियो वनाउन नेपाल सरकार, प्रदेश सरकारको साझेदारीमा भौतिक संरचनामा जोड दिईएकोछ । उपाध्यक्ष सुपर्ना शाहीले विद्यालयमा छोरी पढाउने, टिकाउने विषयका योजनाहरुमा जोड दिनुपर्ने बताईन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरिेले हिमाले शिक्षा क्षेत्रमा गरेको काम प्रशांसा योग्य र अरु पालिकाले सिक्नु पर्ने बताए । शिक्षाको विकास बिना समाज रुपान्तरण असम्भव रहेको कुरा सबैले मनन गर्न जोड दिए ।