हिमा गाउँपालिकालाई परियोजना हस्तान्तरण


जुम्ला ः हिमा गाउँपालिकालाई परियोजना हस्तान्तरण गरिएको छ । साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाले गाउँपालिकामा सञ्चालन गरेको परियोजना हस्तान्तरण गरिएको हो ।
पालिकामा सन् २०१९ देखि कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा संचालित एकीकृत खाध सुरक्षा, बिपद जोखिम न्युनिकरण तथा जलवायु अनुकुलन परियोजना हस्तान्तरण गरिएको हो ।
परियोजना हस्तान्तरण कार्यक्रममा पेस नेपालले बिपद जोखिम न्युनिकरण र जलवायु परिवर्तनका सवालमा गरेका गतिविधिले बिपद् जोखिम न्युनिकरणको क्षेत्रमा ठुलो योगदान पु¥याएको अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने खाद्य सुरक्षामा टेवा पुगेको छ ।
द्वातृ निकाय, साँझेदार संस्था र परियोजनालाई सफल गराउनका लागि सहयोग पुगाउने सम्पुर्णलाई अध्यक्ष शाहीले धन्यवाद ब्यक्त गरेका छन् ।
परियोजनाले गरेका गतिविधिका विषयमा प्रस्तुतिकरण पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस