काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्न अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेका छन्।
प्रधानमन्त्री प्रचण्ड र उनकी पुत्रीलाई राष्ट्रपति बाइडेन दम्पत्तिले स्वागत गरेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी प्रतिनिधिहरुको लागि बाइडेनले रात्रिभोज आयोजना गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड आजै अमेरिकाबाट चीन भ्रमणमा निस्कने कार्य तालिका रहेको छ। त्यसअघि प्रचण्ड बाइडेनको रात्रिभोजमा सहभागी हुँदैछन्।
अतिकम विकसित देशहरुको नेतृत्व गर्दै महासभामा सहभागी भएका प्रचण्डले सभालाई सम्बोधन गरिसकेका छन्।
स्रोत ः बिएल
प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार