मुगु । २०७८ साल कार्तिक २९ गते गमगढी बजारमा भएको भीषण आगलागीभई क्षेती भएको घाउ सेलाउन नपाउँदै शुक्रवार राती १२ बजे मुगु सदरमुकाममा पुन आगलागी भएको छ ।
उक्त आगलागीबाट गमगढी बजारको कृष्ण चोक देखि प्रकाश भामयका घरसम्म पुग्ने सडकको बिच क्षेत्रमा पर्ने पुतल शाहीको घर देखि तार्के लामाको घर सम्म रहेका ८ घरहरू र ती घरहरूमा रहेका ९ पसल,गोदाम जलेका छन् ।
जलेका घरहरू तार्के लामा , साेनाम लामा, ऐडी, सान्ताेना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लकाे टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौंको क्षेती हुन सक्ने अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरि आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।
आगो के कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको एकिन विवरण आउन बाँकिनै रहेको प्रहरीले बताएको छ । रातिको समयमा आगलागी भएपनि कुनै मानवीय क्षति भने हुन पाएन हाल आगलागी नियन्त्रणमा आउने क्रममा रहेको छ ।