
जुम्ला । जुम्लाबाट बहुमत पाएर प्रतिनिधि सभामा निर्वाचित सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले जिल्लाको विकासका लागि मैले यति बजेट र योजना ल्याए भन्दै आफुले प्रचार नगर्ने बताएका छन् । निर्वाचित भएपश्च करिब एक वर्षपछि जुम्लामा सोमबार पत्रकार महासंघ जुम्लाद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले जिल्लाको विकास गर्नु आफ्नो दायित्व भएकोले सामाजिक सञ्जालमा यति योजना र बजेट ल्याए भन्दै प्रचार गर्न जरुरी नरहेको बताएका हुन् ।
जिल्लाको विकास तपाईले हाल सम्म गर्नु भएका मुख्य कामहरु केके हुन भन्ने प्रश्नमा सांसद शाहीले भने,“मैलेनै गरे । मैले गर्दानै यत्ति भयो भन्ने पक्षमा म छैन् । जुम्लालाई राष्ट्यि र अन्तराष्ट्यि क्षेत्रमा चिनाउनु थियो चिनाए । जिल्लामा जत्ती पनि बजेट आएको छ । योजना परेका छन् । त्यो कसैको सम्पत्ति बेचेर अर्थात व्यक्तिगत लगानीमा आएको हैन् । सबैको साँझा पहल छ । सबै दल,नागरिक समाज,पत्रकार सांसद सबैको भुमिकाले मात्रै जिल्लाको विकास सम्भव छ । अहिलेको बजेट पनि त्यसको परिणाम हो ।”
जुम्ला विमानस्थलको विस्तार,जुम्ला जिल्लाको विद्युतीकरण,कर्णाली राजमार्गको स्तरबृद्धि,बैकल्पीक राजमार्ग निर्माण र जुम्लाको कृषि वस्तुको उत्पादन बृद्धि र बजारीकरण गरी पाँच क्षेत्रमा आफ्नो मुख्य प्रथामिकता रहेको सांसद शाहीले बताए । पाँच वर्षको अबधीमा उल्लेखीत पाँच क्षेत्रमा देखीने खालका काम गरेरै छाड्ने दाबी गरे ।
जुम्ला विमानस्थल विस्तारका लागि कुनै एकजनाको पहलमा बजेट नआएको र एक्ललैले सम्भव पनि नहेको बताए । पर्यटनमन्त्री,अर्थमन्त्री लागतय,क्यानका डिजीलाई एयरपोर्ट विस्तारका लागि धेरैपटक बसेर छलफल गरेको,बजेट माग गरेको सबै प्रमाण छ । तर सामाजिक सञ्जालमा हालिएन् । किन हाम्रो कामनै त्यहि हो ।
उनले थपे,“सामाजिक सञ्जालमा आएजस्तो एक्लो प्रयास कसैको छैन् । यदी त्यस्तै पत्रहरु सामाजिक सञ्जालमा हाल्ने हो भने म निर्वाचित भएदेखिका पत्र हाल्न सक्छौ । सामाजिक सञ्जालमा मैले गरे भनेर लेख्न सक्छौ । तर त्यो राम्रो हैन् । जिल्लाको विकास गर्ने हाम्रो दायित्व हो । अझ म प्रत्यक्ष निर्वाचित भएकोले मेरो दायित्व बढी छ । हामी विकास निर्माण संगै सामाजिक सेवा र राहत उद्दारका क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर काम गछौ ।”
त्यस्तै,दरबार हत्याकाण्डको छानविन प्रधानमन्त्री प्रचण्डले गर्नु पर्ने र त्यस विषयमा संसदमा बोल्ने अनुसन्धान गर्न सरकारलाई दबाब दिने बताए । यदपी सरकारलाई दरबार हत्याकाण्डको छानविन गर्न कसैले नरोकेको समेत उल्लेख गरे ।
गणतन्त्रनै उत्तम व्यवस्था र राजतन्त्र खत्तम व्यवस्था भन्ने ठाउँ छैन् । व्यवस्था परिवर्तन पति जनताको अबस्थामा कति परिवर्तन भयो ? मुख्य बहसको विषय यहि हो । यदी जनताले चाहान्छन, भने राजसंस्था स्थापना हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेकोमा सांसद शाहीले जोड दिए ।
तर चुनाव लड्दा म कुनै पार्टीको उम्मेदवार हैन,साँझा हुँ,तपाईकै भाईछारा हुँ ?मुलुकको नेतृत्व गर्न अर्थमन्त्री बनाउन भन्दै भोट मागेर बहुमत ल्याई जितेपछि राजसंस्था ल्याउँछु भनेर बोल्नु जनतमको अपमान भएन् र माननीय ज्यु ? भन्ने प्रश्नमा सांसद शाहीले भने,“जेसुकै भएपनि मैले राप्रपाको हलोबाटै चुनाव जितेको हुँ । त्यस भन्दा अघि म राप्रपाको प्रबक्ता समेत थिए । तर राष्ट्को नेतृत् वगर्न असम्भव छैन् । अर्थमन्त्री हुने चाहनानै थियो । तर भागमा खेलकुदमन्त्री पर्यो । त्यो स्वीकार गरिन् । तर जिल्लालाई राष्ट्यि अन्ताष्ट्यि क्षेत्रमा चिनाएकै छु । जनताले चाहे भने राजतन्त्र आउँछ भनेको हो । यसमा आपत्ति के छर ?”
किसानको उत्पादनलाई सरकारले किनिदिने र सरकारलेनै बेचीदिने खालको किसानमैत्री नीति निर्माणका लागि विद्येयक दर्ता गर्ने तयारीमा रहेको जानकारी दिए । सांसदको काम कानुन बनाउने मात्र भएपनि अबस्थाले राहत उद्दार देखि मजुदरका जस्तो काम गर्नु परेको बताए ।
जिल्लाको सुशासन,समृद्धी कृषि उत्पादन बृद्धि,निर्यात प्रर्बद्धन,भ्रष्टचार निवारण,विद्युतीकरण लगायतको विषयमा आफु सधै दत्तचित्त भएर जिल्लाको विकासमा जुट्ने प्रतिबद्धता गरे ।