जुम्ला । चेतनाकाे अभावले पिल्सीएकाे ग्रामिण समुदायकाे व्यवहार परिवर्तनका लागि गुठिचाैर गाउँपालिकाका स्वास्थ्यकर्मी जुटेका छन् ।
गरिबी,शिक्षाकाे अभावले पछि परेकाे समुदायकाे व्यवहार परिवर्तन गर्न स्वास्थ्यकर्मी जुटेका हुन् । तीन दिने क्षामता अभिबृद्दि तालिम प्राप्त गरेसंगै स्वास्थ्यकर्मि सामाजिक रुपान्तरणमा उत्सुक भएका छन् ।
युनिसेफ नेपालको आर्थिक सहयोग, बास नेपालकाे आयाेजनामा गुठिचाैरमा ३ दिने स्वास्थ्य कर्मीकाे क्षामता विकास कार्यक्रम सम्पन्न भएकाे छ ।
सामुदायिक सहभागीता र मानव केन्द्रित डिजाइन दृष्टिकोण परियोजना अन्तर्गत बास नेपालकाे आयाेजनामा असोज १२ गते बाट संचालित तालिममा आईतबार सम्पन्न भएकाे हाे । उक्त तालिममा पालिकाका १८ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।
तालिममा प्रशिक्षक बलराम नेपाली र रबिन्द्र बिहराले सामाजिक व्यवहार परिवर्तन, व्यवहार विज्ञान, अन्तरव्यक्ति संचार, सामाजिक मूल्य मान्यता, मानव केन्द्रित डिजाइन दृष्टिकाेण लागाएतको विषयमा सैद्धान्तिक, प्रयोगात्मक र अभ्यास विधि मार्फत सिकाएका थिए ।
सामाजिक रुपान्तरणका लागि व्यवहार परिवर्तन पहिलाे खुटकिला हाे । विभिन्न महामारीबाट नागरिकलाई जाेगाउनु पनि स्वास्थ्यकर्मिकै दायित्व छ । तर आबश्यक तालिम र ज्ञानकाे अभावले सामाजिक व्यवहार परिवर्तनकाे विषय ओझेलमा परेकाे बेला याे तालिमाले समाज रुपान्तरणका लागि काेशे ढुंगाे सावित भएकाे गुठिचाैरका स्वास्थ्य शाखा संयाेजनक बलराम नेपालीले जानकारी दिए ।
आईतबार सम्पन्न तालिम समापनमा जिल्ला जनस्वास्थ्य अधिकृत अम्बर रावतले उत्साहपुण रुपमा सिकेकाे सीप र ज्ञान व्यवहारमा कार्यान्वयन गर्न जरुरी रहेकाे बताए ।
स्वास्थ्यकर्मिकाे क्षामता विकासका लागि युनेसफ नेपालको सहयोगमा बासले गरेको तालिमकाे मुक्तकण्ठले प्रसंशा समेत गरे ।तालिमबाट कर्मचारीहरुमा दक्षता अभिबृद्धी भएको र स्वास्थको क्षेत्रमा टेवा पुग्नेमा विस्वास व्यक्त गरे ।
प्रशिक्षक तथा बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले तालिममा सिकेका थाेरै मात्र कुरा सेवा प्रवाहमा लागू गरे प्रभावकारी हुने उल्लेख गरे ।
तीन दिने कार्यक्रमकाे सहजीकरण तथा व्यवस्थापन बास नेपालकी परिचालक अनिता बुढाले गरेकी थिइन । यो परियोजना कर्णाली र सुदुर पश्चिमको १२ ओटा पालिकामा संचालित रहेको छ ।



