जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकामा तीन दिने माेति बिन्दु सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सुरु भएकाे छ । आर्थिक अभावले आँखाकाे उपचार गर्नबाट बन्चित नागरिककाे राहतका लागि हिमाकाे कालिकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएकाे हाे । साेमबाट सुरु भएकाे शिविर बुधबार सकिने छ ।
आर्थिक अभाव र भौगोलिक विकटताले मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गरिदै छ ।
सिञ्जा क्षेत्रका तीन पालिका हिमा कनकासुन्दरी र सिञ्जा गाउँपालिकाका एक सय नागरिककाे राहतका लागि शिविरकाे आयाेजना गरिएकाे हिमाका स्वास्थ्य शाखा संयाेजक रतन बहादुर रावतले बताए ।
उनका अनुसार एक सय जनाकाे स्किन टेस्ट गरिएकाे र पहिलाे दिन जाँच गरि दाेस्राे र तेस्राे दिन शल्यक्रिया गरिने छ ।
९५ जनाकाे आँखा जाँच गरिएकाे र ३५ जनाकाे शल्यायाक्रिया गर्नु पर्ने छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमालय आँखा अस्पताल पाेखराकाे सहयाेग र पालिकाकाे आयाेजना वर्षमा २ पटक निशुल्क आँखा शिविर चलाउदै आएकाे बताए । स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथामिकता दिएर हामी काम गरिरहेका छाै ।

उनले भने,”धुलाे धुँवाका कारण जुम्लामा आँखाका विरामी धेरै हुन्छन् । आर्थिक अभावले महंगा अस्पताल गएर जचाउन सम्भव छैन् । शल्यक्रिया त परकाे कुरा हाे । यस्तै समस्या मध्यनजर गरि पालिकामै शिविरकाे आयाेजना गरेकाे हाै । यसबाट ठुलापाँखाले राहत पाउने आशा छ ।”
गाउँमै माेति बिन्दुकाे शल्यक्रिया सेवा पाउँदा हिमाका ८० वर्षिय मुनविर नाथ याेगि खुसी छन् । आँखा देख्न छाेड्या मस्तै मुईना भईग्या बाबू ! सुर्खेत,नेपालन्ज गईकन उपचार गराउने आफुति रूपिया नाई । गाउँमै आँखा उपचार भएपछि जात्ती खुसी छु । अहिले बुढाखाडाका लागि स्वास्थ्य सेवा राम्मै छ ।”
बृद्द मुनविर जस्तै हिमाका,सिंजा र कनकासुन्दरीका १ सय नागरिक निशुल्क शिविरबाट आँखाकाे ज्याेति पाउने भएपछि खुसी छन् । हिमालय आँखा अस्पतालबाट शिविर प्रमुख शुवास नेपालकाे नेतृत्वमा आँखा विशषज्ञ डाक्टरकाे टाेली हिमा पुगेर उपचार थालेकाे छ ।



