प्रविधिमैत्री बन्दै उच्च अदालतः भर्चुअलमै बहस देखि बकपत्र

जुम्ला । न्याय सम्पादनलाई छिटो छरितो र कम खर्चिलो बनाउन उच्च अदालत सुर्खेत जुम्ला ईजालासले प्रविधिमैत्री सेवा सुरु गरेको छ । नियमित वकपत्र गर्न,बहस गर्न तारिख भोग्न भौतिक रुपमा अदालत आईराख्नु पर्ने झन्झटलाई अन्य गर्दै बहस देखि बकपत्रसम्म भर्चुअल रुपमा गर्न सकिने सेवा शुरु गरिएको हो ।

विहिबार पत्रकार सम्मेलन मार्फत अदालतले प्रविधिको उच्चतम प्रयोग गरी न्याय सम्पादनलाई छिटो छरितो र कम खर्चिलो बनाउने अभ्यासको थालनी गरेको उच्च अदालत सुर्खेत जुम्ला ईजलासका बरिष्टतम न्यायधिष श्रीमण कुमार गौतमले बताए।

अदालतका सबै सेवालाई सकेसम्म प्रविधियुक्त बनाउने प्रयासमा छौ । जसले गर्दा छिटो न्याय सम्पादनमा टेवा पुग्ने विश्वास पनि छ । बरिष्टतम न्यायधिष गौतमले भने,“अनलाईन प्रविधिबाटै तारिख लिनेदेअि,बकपत्र,मुद्धामा बहस लगायतका काम भर्चुअल रुपमै गर्ने अभ्यास गर्दै छौ । यसले गर्दा भौतिक रुपमै पेसि र तारिखमा आईरहन पर्दैन । खर्च कम हुन्छ । मुद्धासंग सम्बन्धीत व्यक्ति जहाँ भएपनि अनुसन्धान गर्न सहज हुन्छ ।”

कुनै व्यक्तिले सम्बन्धीत जिल्ला अदालतमा पुगेर त्यहाँको प्रविधि प्रयोग गरी भर्चुअल रुपमा बहस गर्दा,बकपत्र दिन सक्ने छन् । प्रविधिमैत्री न्याय सम्पदनले न्याय महंगो भयो,छिटो न्याय पाएनौ भन्ने गुनासो कम हुने आशा समेत गरिएको छ ।


वर्षमा ३ पटक पत्रकार संग छलफल गर्ने चौथो पन्चवर्षिय रणनीति अनुसार विहिबार आयोजित पत्रकार सम्मेलनमा अदालती कार्यसम्पादनलाई प्रभावकारी बनाउन सबैको भुमिका सकरात्मक हुनुपर्नेमा जोड दिइएको छ ।

चालु आवदेखि जुम्ला,धनकुटा लगायतका पाँच जिल्लामा प्रविधिमैत्री न्याय सम्पादन हुने भएको छ । यदपी नेपालका धेरै जिल्लामा प्रविधिमैत्री सेवाको अभ्यास भईसकेको छ ।

अदालत र नागरिकको सम्बन्ध अझै समधुर हुन सकेको छैन् । फैसला र आदेशको कुरा समेत बाहिर आउदैनन् । त्यसैले अदालतका कामलाई जनता सामु पुराउन पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने अदालतका रजिष्टार यमप्रसाद अधिकारीले बताए ।

न्यायीक सम्पादनलाइ थप प्रभावकारी बनाउन लागि परेको उनको भनाई छ । समयमै न्याय पाईदैन्,न्याय खर्चियो भयो भन्ने गुनासोलाई प्रविधिमैत्री सेवाले संबोधन गर्ने आशा गरिएपनि कर्णालीमा ईन्टरनेटको अबस्था सन्तोषजन नरहेकोले सेवा प्रवाहमा चुनौती पनि उत्तिकै रहेका छन् ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस