k//fi6«dGqL PgkL ;fpb cGtjf{tf{
OGbf]/ -dWok|b]z_, @) h]7 M k|wfgdGqL k'iksdn bfxfn
k|r08Ú;Fu rf/lbg] cf}krfl/s ef/t e|d0fsf] k|ltlglwd08ndf /xg'ePsf k//fi6«dGqL PgkL ;fpb zlgaf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf ljz]if ;dfrf/bftf /d]z nD;fn;Fu cGt/jftf{ lbg'x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं। सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्नेसमेत निर्णय गरेको छ ।
नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ । रासस



