जुम्ला । काठ्मान्डौमा आन्दोलनरत स्थानीयतहका कर्मचारीको शान्तिपुर्ण आन्दोलनमा सरकारले दमन गरेको छ । विगत एक सातादेखि देशका करिब ७ सय स्थानीयतहका कर्मचारी आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलन गरिरहेका छन् ।
जनताको सबैभन्दा नजिक रहेर काम गर्ने स्थानीयतहका कर्मचारीलाई ऐन विहिनता बनाउने,सम्मान प्रोत्साहन दिनुको सट्टा मान मर्दन गर्ने,जस्ता क्रियाकलाप बढ्दै गएपछि अधिकारका लागि शान्तिपुर्ण आन्दोलन गरिरहँदा सरकारले सिधै दमन गरेको छ ।
आन्दोलनरत कर्मचारीमाथि सरकारले दमन गर्दा झण्डै २५ जना कर्मचारी घाईते भएका छन् । शान्तिपुर्ण आन्दोलनकै क्रममा एक्कासी प्रहरीले लाठ्ठी चार्ज गर्दा कर्मचारी घाईते भएका छन् । कर्मचारी घाईतेभएसंगै विभिन्न कर्मचारीका संगठनले आपत्ती समेत जनाएका छन् ।

स्थानीयतहका कर्मचारीको सरुवा प्रणाली,मनोबल बनाउन,ऐन विहिनतालाई तत्काल समधान गर्न,सुरक्षा तथा बृद्धि विकासका नीतिलाई सुनिश्चिता गर्न,स्थानीयतहको प्रमुख प्रशासकिय अधिकृत स्थानीय सेवाको नै रहने लगायतका २० बुदेँ माग गर्दै स्थानीयतहका कर्मचारी काठमान्डौमा आन्दोलन गरेका हुन् ।
शान्तिपुर्ण आन्दोलनका क्रममा प्रहरीले दमन गरेपछि जुम्ला स्थायी घर हाल नेपालगन्ज उपमहानगर पालिकामा कार्यरत नवराज रोकाया घाईते भएका छन् । घाईते रोकायाको हाल एभरेष्ट अस्पताल बानेश्वरमा उपचार भईरहेको छ ।
स्थानीयतहका कर्मचारीको अधिकारका लागि शान्तिपुर्ण आन्दोलन गर्दा सरकारले दमन गरेर आफु घाईते भएको रोकायाले बताए । उनले मागहरु सम्बोधन नभए सम्म आन्दोलनबाट पछि नहट्ने उल्लेख गरे ।



