जुम्ला । कर्णाली प्रदेशकै ब्यस्त जुम्ला विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो ।
जुम्ला विमानस्थलमा हवाई ईन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो । तर अहिले सम्म परिणाम मुखी काम हुन सकेको छैन् । जुम्ला विमानस्थल विस्तार,हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाकी सांसद कान्तिका सेजुवाल लामो समयदेखि पहल गर्दै आएकी थिईन् ।
चन्दननाथ नगरपालिकाको मेयर हुदैँ गर्दा २०७६ सालमा एयरपोर्ट विस्तारका लागि समेत डिपिआर गर्न दबाब दिएकी थिईन् । आयल नियमले असोज २२ गते सिफारिस गर्दै जुम्ला विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने जनाएको छ ।
तत्काल अध्यायन समिति बनाई कार्य प्रारम्भ गर्न आयाल निगम नेपालले सोमबार जारी गरेको सिफासि पत्रमा उल्लेख गरिएको छ । डिपो स्थापनाका लागि दसैंपछि नेपाल आयल निगमको टोली जुम्ला जाँदैछ ।
‘जग्गा प्राप्तिको लागि नागरिक उड्ययन प्राधिकरणसँग छलफल भएको छ ।’ सांसद सेजुवालले भन्नुभयो,“स्थलगत अनुगमन र कार्यन्वयनको लागि दसैं र तिहारको बीचमा नेपाल आयाल निगमको प्राविधिक टोली जुम्ला जाने सहमति भएको छ । विस्तृप्त अध्यायन पश्चात तत्कालनै डिपो स्थापना हुने छ ।”
कण्र्णालीका सबै जिल्लामा उडान गर्न सहज हुने र सुरक्षित विमानस्थल पनि जुम्ला हो । तर नियमित उडान नहुँदा समस्या भएको छ । हवाई ईन्धनको डिपो जुम्लामै भएको खण्डमा जुम्लाहुदैँ हुम्ला,डोल्पा,मुगु जाने आन्तरिक बाह्य पर्यटकको आगमनमा उल्लेखीय बृद्धि हुने आशा गरिएको पर्यटन व्यवसायी नोर्बु लामाले बताउनुभयो ।
सांसद सेजुवालका अनुसार धावनमार्गको जग्गा अधिग्रहणका लागि सोको मुअब्जा वितरण गर्नका लागि हाल ५० लाख मात्रै विनियोजन भएको छ । थप बजेट रकामान्तरको समयमा व्यवस्था हुने छ ।
यदपी नागरिक उड्ययन प्राधिकरणले जुम्ला विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेट तत्कालनै कार्यान्वयन हुने स्थिती छैन् । जुम्ला विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ ।
जसका लागि ४८ करोड बजेट आबश्यक पर्ने देखिएको छ । तर अहिले सम्म जग्गा अधिग्रहणका लागि बजेट विनियोजन हुन सकेको छैन् । जग्गा अधिग्रहणका लागि परामर्श गर्न पत्र आएपनि बजेट नआए सम्म कुनै काम अघि नबढ्ने देखिएको छ ।
जग्गा अधिग्रणका लागि बजेट नजुट्दा अर्थमन्त्रीदेखि प्राधिकरणका सिइओलाई पहिलो चरणमा न्युनतम २० करोड सम्म बजेट छुटाई दिन दबाब दिएको सांसद सेजुवाल बताउँनुहुन्छ ।
जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभए सम्म विमानस्थल विस्तारका लागि आएको बजेट कार्यान्वयन नहुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारी बताउँछन् । विगतको भन्दा पछिल्लो वर्षमा जुम्ली सांसदहरु सबै आआफ्नो ठाउँबाट लागेको बजेट जुट्ने आशा लागेको उनको भनाई छ ।



