जुम्ला ः सिंगा गाउँपालिका जुम्ला र दुल्लु नगरपालिका दैलेख बीच भगिनी स्थापना भएको छ । ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दुल्लु नगरपालिका र सिजा गाँउपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको हो ।
संघीय भौतिक पूर्बाधारमन्त्री नन्दा चपाईको उपस्थितिमा दुल्लुका मेयर उपमेयरसँग भगिनी सम्वन्धको ऐतिहासिक निर्णय भएको सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साँझा चासोका विषयमा दुई पक्ष हित हुने गरी सामुहिक पहल गर्ने निर्णय भएको छ ।
दुल्लु नगरपालिका दैलेखले ऐतिहासिक सिंजा उपत्यका भ्रमणको निम्तो स्वीकार गर्दै दशैपछि सिजा भ्रमण आउने सिंजा गाउँपालिका जुम्लाले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार



