पालिका अस्तव्यस्त बनाएर किन भागे गुठिचाैरका हाकिम ? एयरपाेर्टमै भयाे तानातान

अध्यक्षबाट काज बाहेक अरु बिदा स्वीकृति लिनु पर्दैन्,म आफै कार्यालय प्रमुख हुँ,६ दिन बिदा स्वीकृत गरेर घर आएकाे छु : प्रशासकिय अधिकृत भट्टराई

जुम्ला । जुम्लाकाे गुठिचाैर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई भागेर घर गएका छन् । दशैँकै मुखमा कामकाे चापकै बीच प्रशासकिय अधिकृत भागेर घर गएका हुन् ।

प्रशासकिय अधिकृत भागेर गएपछि पालिका अस्तव्यव्त बनेकाे छ । पालिका अध्यक्षकाे बिदा स्वीकृति बिनै फरार शैलिमा हाकिमले शुक्रबार टाप कसेका हुन् ।
प्रशासकिय अधिकृत भागेर गएकाे विषयमा कर्णाली मिसनले गुठिचाैरका अध्यक्षलाई साेधेकाे छ ।अध्यक्ष दान बहादुर बुढाले आम गुठिचाैर बासीलाई धाेका दिएर प्रशासकिय अधिकृत भागेकाे बताए ।

उनले भने,”केही साता अघि प्रशासकिय अधिकृतले बिदा स्वीकृत गराईदिन भनेका थिए । कार्यालय सहयाेगीलाई भनेर भ्रमण आदेश स्वीकृत गरिदिन भनेका थिए । तर मैले दशैँ नजिकीदै छ । धेरै भुक्तानी दिन बाँकी छ । काम सकाएर पछि जानू हाेला भनेर म गाउँगाउँकाे सडक सुधार गर्न मुरुली गाउँतिर लागे । शुक्रबार पालिकामा आउदा सेवा ग्राहिले पालिका घेरेका थिए । तालाबन्दि समेत गर्न खाजे । किन भन्दा, हाकिम भागे,हाम्राे भुक्तानी चाहियाे,हाकिम जहाज चड्न लागि सके के हेरेकाे भनेपछि  केही वडाध्यक्षहरु एयरपाेर्ट गएपनि हाकिम फर्काउन सकिएन् ।”

पछि विमानस्थल आफुपनि पुगेकाे र हाकिम साव गुठिचाैरका जनतालाई धाेका दिन लाज लाग्दैन भनेर एउटा शब्द मात्रै बाेेेलेर फर्किएकाे अध्यक्ष बुढाले बताए ।

पछि वडाध्यक्षहरु र हाकिम बीच तपाईं काममा फर्किनुहाेस्  भनेर झाेला तानातान भएकाे रहेछ । अध्यक्ष बुढाले थपे,”जहाज चड्न बाेर्डिङ पास लिएर लाईनमा बसेका हाकिम फर्किने कुरै  भएन् । दर्जनाै याेजना र कार्यक्रमकाे भुक्तानी दिन बाँकी छदैँ उनी भागेर घर गए । हरेक वातावरण सहज गर्दा गर्दै किन हाकिमले यस्ताे व्यवहार गरे त्याे थाहा छैन् । केही गराै भन्दा पनि सधेै झमेला मात्रै आईलाग्छ ।”

प्रशासकिय अधिकृत भागेर गएपछि गुठिचाैरका दर्जनाै याेजना तथा कार्यक्रमकाे भुक्तानी राेकिएकाे छ । अध्यक्ष बुढाका अनुसार एक जलविद्युत आयाेजनाकाे ८६ लाख, भवन निर्माणकाे १५ लाख, दिपेन्द्र लामाकाे २८ देखि ३० लाख, शंकर बहुउदेश्यीय माध्यमिक विधालयकाे २३-२४ लाख र मदिरा विश्रामस्थलकाे ९ लाख गरी झण्डै डेढ कराेडबढी रकम भुक्तानी गर्न बाँकि छ ।

दशैँ नजिकएकाले निर्माण व्यवसयी,हाेटल व्यवसायी,उपभाेक्ता भुक्तानी दिन ताकेता दिए पनि हाकिम भागेपछि गुठिचाैरका नियमित कार्यसम्पादन अस्तव्यस्त भएका छन् । सहज वाताबरणमा काम गर्न खाेज्दा पनि कुनै न कुनै हिसावले बाधा अड्चन खेप्न परेकाे अध्यक्ष बुढाकाे भनाई छ ।
अध्यक्षबाट विदा स्वीकृत लिनु पर्दैन : प्रशासकिय अधिकृत
गुठिचाैर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराईले काँज बिदा बाहेक अन्य विदाका लागि अध्यक्षकाे स्वीकृति लिनु नपर्ने बताए । म आफै कार्यालय प्रमुख हाे । दशैँ अघिकाे ६ दिन बिदामा आएकाे छु । मलाई भाग्याे भनेर अतिरञ्जित बनाईयाे ।

प्रशासकिय अधिकृत भट्टराईले भने,”मलाई बिदामा जानू छ भन्ने कुरा अध्यक्ष,उपाध्यक्ष,कर्मचारीलाई १० दिन अघिदेखि थाहा थियाे । घरमा ६ महिनाकाे गर्भवती श्रीमती छन् । उनकाे स्वास्थ्यमा समस्या आएपछि तत्काल जानू पर्ने भएर शुक्रबार सबैलाई जानकारी गराएर आएकाे हुँ ।”

कर्मचारी,स्वास्थ्यकर्मि,शिक्षक तलब,दशैँ पेश्की तथा जनप्रतिनिधिकाे सेवा सुविधा सबै भुक्तानी गरेर आएकाे उनकाे भनाई छ । शिक्षक र स्वास्थ्यकर्मिकाे आजभाेली तलब पाेष्टिङ हाेला । आफ्नाे टेबुलमा आएका कुनै पनि फाईलकाे भुक्तानी नराेकिएकाे प्रशासकिय अधिकृत भट्टराईकाे दाबी छ ।
उनले थपे,”भुक्तानीका फाईनल कहाँ बाँकि छन् भनेर खाेज्दै जाने कुराे भएन् । टेबुलमा आएका कुनै पनि फाईल राेकिएकाे छैन । “

गुठिचाैरमा काम गर्न कति सहज छ ? जुम्ला आउँदा गुठिचाैरबारे केही बुझ्नु भएकाे थियाे भन्ने प्रश्नमा हाकिम भुट्टराईले भने,”पूर्व जानकारी अनुसारनै घर जान लागेकाे मान्छे,त्याे पनि बाेर्डिङ पास भएर जहाज चड्न लागेकाे बेला झाेला तानातान गर्ने, असभ्य व्यवहार देखाउने,भाग्याे भन्ने जस्ता गतिविधिले काम गर्न कति सहज छ भन्ने बुझिहाल्नु भयाे नि ? ” 

दशैँपछि गुठिचाैरमा फर्किनु हुन्छ भन्न विषयमा साेध्दा त्याे विषयमा नफर्किने खालकाे सांकेतिक जवाफ ‘मलाई थाहा छैन्’ भनेर फर्काए  ।

गुठिचाैर गाउँपालिकामा अध्यक्ष दान बहादुर बुढा निर्वाचित भएर पदवहाली गरिसकेपछि डेढ वर्षकाे अवधिमा मात्रै भट्टराई सहित पाँच प्रशासकिय अधिकृत फेरिएका छन् ।

गुठिचाैरमा दान बहादुर आईसकेपछि हाकिम टिक्न सकेका छैनन् । अध्यक्ष बुढाले स्वयम् सेवक भर्ना गर्ने विषय अघि सारेपछि उक्त काम गर्न नसकिने विषयमा बिवाद हुँदा तीन हाकिम फेरिए । भर्खर आएका हाकिम भट्टराईसंग शिक्षक भर्नाकाे विषय अघि नबढाउने सहमति हुँदा पनि धाेका दिएर हाकिम किन भागे भन्ने विषयमा अचम्मित भएकाे अध्यक्ष बुढाकाे भनाई छ ।

प्रशासकिय अधिकृत भट्टराई भदाै १७ गते गाउँपालिकामा हाजिर भएका थिए । उनी असाेज २६ गते अर्थात एक महिना ९ दिनपछि शुक्रबार घर जाने भन्दै सुकुक्क भागेर गएका छन् । यसरी प्रशासकिय अधिकृत महिनादिन नटिकेरै भागेर जानुले गुठिचाैर जनप्रतिनिधिले कर्मचारीलाई काम गर्ने सहज वातावरण बनाउन नसकेकाे स्पष्ट हुन्छ ।

यसैबीच गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले शुक्रबार नै हाकिम भागेर गएकाे जानकारी र तत्काल निकास सहितकाे उपयुक्त निर्णय सहितकाे व्यवस्था गरिदिनु हुन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका छन् ।

पत्र यश प्रकार छ

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस