चन्दननाथकाे बजेट बाँडफाँड नियम संगत छ,त्यतिकै  बिवादित बनाईयाे: मेयर कठायत

जुम्ला । बजेट बाँडफाँडमा मेयर उपमेयरले मनपरी गरेकाे भन्ने वडाध्यक्षहरुकाे आराेपमा कुनै सत्यता नरहेकाे चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताएका छन् ।
शनिवार पत्रकार सम्मेलन मार्फत वडाध्यक्षहरु बजेटका विषयमा उत्पन्न गरेकाे विषयमा मेयर उपमेयरले स्पष्ट पारेका हुन् ।

बजेट नियम संगत र सबैकाे सहमतिमा बाँडफाँड भएकाे छ । केही वडाध्यक्षहरु पूर्वाग्राहि देखिए । चन्दननाथका मेयर राजुसिंह कठायलतले भने,”सधै सहकार्य र सहमतिमा कामहरु भईरहेका छन् । बजेट पनि प्रत्यक वडामा १६ लाखका हिसाबले विनियाेजन गरिएकाे छ । स्राेत सिमित हुँदा अपेक्षित बजेट नपाउनु स्वभाविक पनि छ । तर भैपरीका लागि माैज्दात राखिएकाे ८६/८७ लाखमै वडाध्यक्षहरुकाे राेष देखियाे । त्याे नगरकै खातामा छ । कसैकाे कब्जामा छैन् ।”

गत वर्ष प्रत्यक वडामा ३०/३५ लाख विनियाेजन भएर के प्रगती भयाे । कति उपलब्धी हासिल भयाे । केही वडाध्यक्षले सरकारी बजेटबाट अनुचित लाभ समेत लिएका छन् । आफ्ना उपलब्धी नदेखाउने सहमति सहकार्य हुँदा पनि नगरलाई बिवादित बनाउने प्रयास भएकाे चन्दननाथका उपमेयर रामदेवी खड्काले बताईन् ।

उनले भनिन,”हामी सबैकाे लक्ष्य समृद्द चन्दननाथ बनाउने हाे । सिमित स्राेत र असिमीत आबश्यकता हाम्रा चुनाैती हुन् । सबैकाे सहकार्य बिना समृद्द नगर पनि बन्दैन् । सबै मिलेर जानुकाे विकल्प छैन् ।”

चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ का लागि ५५ कराेड १० लाख ८० लाख विनियाेजन गरेकाे थियाे । जसमा १० वटै वडालाई १६ लाखका दरले बाँडफाँड गरियाे । 

तर चन्दननाथ  वडा नम्बर -५ का वडाध्यक्ष बिर्खबहादुर कार्की,  वडा नं. ७ का गणेशबहादुर महत, ९ का भिमबहादुर रावत र १० नम्बर वडाध्यक्ष नवराज शाहीले संयुक्त अपिल सार्वजनिक गर्दै वडालाई न्यायाेचित बजेट नभएकाे मेयर उपमेयरकाे कब्जा रहेकाे भन्दै विराेध जनाएका थिए ।

शनिवार मेयर,उपमेयर तथा प्रमुख प्रशासिकय अधिकृतले पत्रकार सम्मेलन मात्रै बजेट नियम संगतनै बाँडफाँड भएकाे,यसमा कुनै तलमाथि नभएकाे प्रष्ट पारेका हुन् ।
चन्दननाथ नगरपालिकालाई सफा,सुरक्षित तथा व्यवस्थित बनाउन लागि परेकाे मेयर कठायतकाे भनाई छ । केबुलकारकाे डिपिआर देखि सिसिक्यामरा जडानकाे प्रक्रिया थालनी भईरहेकाे छ ।

अतिक्रमणकाे चपेटामा परेकाे जुगाडखाेलाकाे नक्साङकन गर्ने कार्य समेत चलिरहेकाे छ ।  आफूहरू निर्वाचित भएर आइसकेपछि चन्दननाथलाई विकास,सेवा प्रवाह र सिस्टम बसाल्ने कार्यकाे थालनी भएकाे मेयर उपमेयरकाे दाबी छ ,
सुरक्षित नगरका लागि सिसिटिभी क्यामरा जडानका लागि ३० लाखकाे डिपीआर सम्पन्न भएकाे र छिट्टै जडान हुँदै छ ।


उपमेयर रामदेवी खड्का चन्दननाथकाे विकास र समृद्दीका लागि नागरिककाकाे चेतना उकास्न जरुरी रहेकाे बताउँछन् र भाैतिक विकासले स्वरुप फेरिएपनि सामाजिक विकास बिना मानसिकता फेरिदैन,समाज रुपान्तरण हुदैन । त्यसैले पनि आफ्नाे कार्यकालमा सामाजिक विकासका कार्यक्रमलाई प्रथामिकता दिने उपमेयर खड्काकाे भनाई छ ।

निर्वाचित भएलगत्तै आफ्नाे सेवासुविधा नलिने  साे रकम गरिब विपन्नकाे शिक्षा स्वास्थ्य सुधारका लागि खर्चिने घाेषणा गरेकी खड्काले कार्यविधि बनाएर व्यवस्थित रुपमा कार्यक्रम चलाउन लागिएकाे उल्लेख गरिन् ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्याैपानेले कर्मचारी संयन्त्रलाई चुस्तदुस्त बनाइने बताए । नगरपालिकालाई सेवाग्राही मैत्रीदेखि प्रविधिमैत्री बनाउने प्रयासमा छु  । आफ्नै जिल्ला भएकाेले पनि केही नमुना काम गर्ने पक्षमा छु ।

उनले भने,”आएकाे एक साता भएकाे छ । एक साताकाे अवधिमा सामाजिक सुरक्षा भत्ता बैंकमार्फत ईएफटी सिस्टमबाट हाल्ने व्यवस्था गरिएकाे छ। अन्य कार्यगत सुधार,समयमै नियमित कार्यालय आउन डिजिटल हाजिर जडान लगायतका विषयमा याेजनाबद्द रुपमा सुधारका कार्यक्रम मार्फत अघि बढ्न खाेजेकाे उल्लेख गरे ।

याे पनि पढ्नुहाेस्

बजेटमा मेयर र उपमेयरले मनपरी गरेकाे वडाध्यक्षहरुकाे आराेप https://karnalimission.com/2023/09/30/18472

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस