भारतीय विस्तारबादसंग प्रचण्ड सरकार लम्पसार भयाे,माेदीका विरुद्द बाेल्न सकेन्  : सांसद सुवाल

जुम्ला । प्रतिनिधि सभा सांसद तथा नेपाल मजदुर किसान पार्टिका सचिव नेता प्रेम सुवालले प्रचण्ड सरकार भारतीय विस्तार सामु लम्पसार भएकाे बताए ।

नेपालका कुनै सरकार अमेरिकी साम्राज्यबाद र भारतीय विस्तारबाद भन्दा माथि उठ्न सकेनन् । सांसद सुवालले शनिवार जुम्लामा आयाेजित पत्रकार सम्मेलनमा भने,”नेपालीभुमि कालापापानीकाे गुन्जीमा भारतीय प्रधानमन्त्री बिना जानकारी आउनु,नेपाल सरकारले स्वागत गर्नुकाे सट्टा माैन स्वीकृत देखाउनु,भारत भ्रमणका क्रममा चुच्चे नक्सा सार्वजानिक गर्न नसक्नु प्रचण्ड सरकार भारतीय विस्तारबादसंग लम्पासर भएकाे उदाहरण हुन् ।

नेपालीभुमिमा भारतीय पक्षकाे हस्तक्षेप सैह्य हुदैन हामी प्रतिबाद गर्छाै ।”
नेपालकाे ६० हेक्टर जमिन भारतले हाकाहाकी अतिक्रमण गरेकाे छ । हामीले संसदबाट बहुमतले कालापानी सहितकाे चुच्चे नक्सा समेत पास गरिसकेका छाै । तर भारतीय प्रधानमन्त्री नेपालीभुमिमा बिना जानकारी खुलेआम भ्रमण गर्न आउँदा पनि नेपाल सरकार माैन छ ।

प्रधानमन्त्री चुईक्क बाेल्दैनन भारतीय विस्तार बादका एजेण्ड जस्तै नेपालका मन्त्रीहरु समेत चुप लाग्नु दुर्भाग्य भएकाे सांसद सुवालकाे भनाई छ ।


भारतीय प्रधानमन्त्री माेदीलाई नेपालले स्वाग गर्नुपर्नेमा गरेन । उनले भने, ‘यसकाे मतलब नेपालले आफ्नाे भूमि हाे भनेर दाबी छाेडेकाे हाे भन्ने अर्थ लाग्छ।’

उनका अनुसार भारतले नेपाली भूमि सुस्तामा अतिक्रम गरेकाे उहिल्यै हाे। भारतले नेपालकाे ७१ ठाउँमा सिमा मिचेकाे छ। माेदीले नेपाली भूमि गुञ्जीमा सडक विस्तार गर्ने भनी सुनाएकाे याेजनाप्रति नेमकिपा र नेपाली जनताकाे विराेध छ।

कालपानीमा ७० वर्षदेखि भारतीय हस्तक्षेप कायम छ। कालापानीमा राखिएकाे भारतीय सेनालाई हटाइएकाे छैन। त्यही बीचमा माेदीले गुञ्जी भ्रमण गर्नु र नेपालले एक शब्द नबाेल्नु हस्तक्षेप टुलुटुलु हेरेर बस्नु भएकाे नेता सुवालले बताए

माेदी अनुमति नलिइ नेपाली भूमिमा छिर्नु भारतीय हस्तक्षेपकाे शिलशिला हाे: नेता सुवाल

उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले द्वन्द्वकाे बेला भारतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री प्रचण्डलाई भेटेकाे प्रशंग सुनाउँदै भने, ‘त्यसबेला हाम्राे अध्यक्षले प्रचण्डलाई तपाईंले भारतीय  शासक दलकाे कुरा सुन्नुभयाे भने देश रहेने छैन। सुन्नुभएन भने तपाईंकाे ज्यान रहनेछैन भनेर भन्नुभएको थियाे। आज प्रचण्डले भारतीय साशक दलकाे कुरा सुनेर देश डुबाउँदै हुनुहुन्छ।’


नले माओवादी भारत अनुकुलकाे सकार हुनुले भारतीय हस्तक्षेप थप बढेकाे प्रसंग जाेढ्दै भने, ‘एसडी मुनीले भनेजस्तै माओवादी पनि एमाले र काँग्रेज जस्तै भारतकाे निकट हुन चाहन्छ।’

राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालमा नेमकिपाकाे धारणा राख्ने क्रममा नेता सुवालले इजरायल र प्यालेस्टाइनकाे युद्धलाई लिएर अमेरिकाकाे आलोचना गरे। ‘यी दुई देशलाई अमेरिकाले लडाइरहेकाे छ ।

उनले भने, ‘नेपाल सरकार अमेरिकाले जे भन्याे त्यही गरिरहेकाे छ। प्यालेस्टाइन आफ्नाे भूमि फिर्ताका लागि संघर्ष गरिरहेकाे छ। नेपाल सरकार हमासलाई आतंककारी घाेषणा गरिरहेकाे छ।’

हाल देशकाे सार्वजनिक ऋण २२ खर्व पुगेकाे प्रसंग निकाल्दै उनले भने, ‘यति धेरै खर्च हुँदा पनि विकास नभएकाे नेपाललाई एमसीसीकाे १० अर्वले कसरी विकास गराउँछ? याे नेपालका नदी कब्जा गर्ने र उत्पादित बिजुली भारत लैजाने रणनीति हाे।’

नेता सुवालका अनुसार एक देशले अर्काे देशसँग सम्झाैता गर्दा देशकाे कानुन निष्क्रिय हुने सम्झाैता देश हितमा हुँदैन। उनले थपे, ‘एमसीसी देशकाे कानुन भन्दा माथी हुने र त्यसैलाई अक्षरस पालना गर्ने नेताहरु कसरी देशप्रेमी हुन सक्छन्?’

चीनले सार्वजनिक गरेकाे नक्सामा नेपालकाे चुच्चे नक्सा नसेमेटिनुमा चीनकाे नभइ सरकारकाे दाेस रहेकाे सांसद सुवालकाे भनाई छ। ‘सरकारले चुच्चे नक्सा नेपालमा घाेषणा गर्‍याे। तर त्याे दराजकाे कुनामा लगेर थन्क्यायाे। त्यसकाे जानकारी अन्तर्राष्ट्रिय समुदायलाई दिनु पर्थ्याे। दिइएन।’ 

उनका अनुसार नेपालका प्रधानमन्त्री र मन्त्रीहरु अहिले पनि भारतसँग डराउँछन्। प्रचण्ड भारत जाँदा फुकाेट कर्णाली बेचे। परराष्ट्र मन्त्रीले भारतले नेपाली भूमि लुम्बिनी र कपिलवस्तु मिचेर नक्सा सार्वजनिक गरेकाे कुरा थाहा पाइन भन्नुकाे साटाे विराेध छ नभन्नु नै डराउनु हाे।

आज देशका अधिकांश भूगोलमा बिजुली पुगेकाे छैन। तर साशक दलका नेताहरु बिजुली निकाल्याे भने कसले किन्छ? भनेर गर्ने प्रश्न गर्छन्। याे निउ मात्रै भएकाे उनकाे भनाई छ। उनले भने, ‘तर यहाँ नियत अर्कै छ। त्याे भनेकाे नदीनाला भारतलाई सुम्पिने हाे।’

उनले दई अर्व बजेट भए कर्णालीमा जति पनि बिजुली उत्पादन गर्न सकिने बताए। ‘तर दुई खर्ब त नेताहरु भ्रष्टाचार गरेर खान्छन्,’ उनले भने, ‘भारतसँग गरेकाे नदी सम्झाैता खारेज गरिएन भने देश रहँदैन।’

साशक दलकै कारण कर्णाली राजमार्ग मृत्युमार्ग भइ कर्णालीकाे उत्पादन विश्वबजारमा पुग्न नसकेकाे उनले बताए। उनले भने, ‘२७५ जना सांसदमा एक सय ११ जनाकाे काठमाडौंमा घर छ। यस्ताे अवस्थामा गाउँ कसरी विकास हुन्छ?’

पछिल्लो समय सुन्दर जुम्ला विकास गर्ने नाममा दृष्टिकोण नपुगेकाे अवस्थामा कुरुप बन्दै जाने उनकाे चिन्ता छ। ‘जुम्लाका तीनवटा नदी तिला, जवा र जुगाड प्रदुषित हुन दिनु हुँदैन,’ उनले भने, ‘नदीका दुबै किनारमा सडक बनाएर फाेहाेर ढलकाे छुट्टै व्यवस्था गरि उपचार पाेखरी नबनाए जुम्लाको भविष्य हुँदैन।’

चाडबाडकाे बेला महंगी, मिसावट, कालाबजारी बढिरहेका छ। हवाई टिकटमा बिचाैलीया हाबी छन्। तर सरकार यसलाई नियन्त्रण गर्नतिर ध्यान नदिएकाेमा नेमकिपाकाे ध्यानाकर्षण भएकाे उनले बताए।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस