जुम्ला । सुन्दा अचम्म लाग्न सक्छ । टावर छन् तर मोबाइलमा नेटवर्कले नापानीमा काम गर्दैन । अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । कतिपय घरहरूमा त सबै परिवारका सदस्यको हातहातमा मोवाईल हुने गर्दछ ।

यस्तै जुम्ला जिल्लाको डोल्पा र जाजरकोटको सिमाना नापानीमा प्राय सबै घरमा मोवाइल छ तर त्यहाँ टावरले काम नै गर्दैन स्थानीयहरू संचारको पहुँचबाट धेरै टाढा रहेको बताउँछन्।भेडाबाख्रा, गाइ,भैसी पाल्ने, सामान्य पसल, होटलहरू संचालन गरेर यस गाउँका स्थानीयहरूले बस्ने गरेका छन् ।
जुम्ला जिल्ला गुठिचौर गाउँपालिका वाड नं. १ मा नापानी पर्ने गर्दछ । त्यहाँ बुद्धिजीवीहरूले संचारको माध्यम हुनुपर्छ भन्ने माग राखे पनि कसैले वास्ता गरेका छैनन। त्यो ठाउँमा विकास हुन्छ कि भनेर अझै पनि बसाइ सरी आउने गरेका छन् ।
जुम्ला जिल्लाबाट करिब ३८ किलोमिटर दुरीमा रहेको ठाउँका स्थानीयहरू मोवाईलमा टावर नआउँदा समस्या भोगिरहेका छन् । यस गाउँका स्थानीयहरू सामाजिक संजाल तथा ईन्टरनेटको पहुँचबाट टाढा रहेका छन् । समस्यालाई विभिन्न निकायसम्म पनि स्थानीयहरूले नपुराएका होइनन् तर बेवास्ता गर्दा यस्तो समस्या बाट ग्रसित रहेका छन् ।
फोन गर्नको लागि घरको थारो (छत) मा जानुपर्ने समस्या रहेको स्थानीय चन्द्रिका बस्नेतले बताउनु भयो। उनले भनिन– “यस गाउँको मुख्य समस्या नै टावरको हो यसमा कसैको ध्यान जान सकेको छैन, मैले धेरै ठाउँमा गएर यो समस्या सुनाएँ तर अहिलेसम्म समाधान भएको छैन । ”गाउँमा करिब ८० घरधुरी रहेका छन् । अधिकांश घरहरूमा मोवाईल रहेका छन् ।
मोवाईललाई गीत सुन्नको लागि मात्र प्रयोग गर्ने गरेको स्थानीय रन्नकली बस्नेतले बताउनु भएको छ । ‘घाँस दाउरा जाँदा गीत सुन्नु बाहेक केही काम छैन मोवाइलको’ बस्नेतले थप्नु भयो । कसैलाई फोन गर्न परे घरको थारो, डाँडातिर या मणिसागु पुग्नुपर्ने समस्या रहेको स्थानीय रन्नकली बस्नेतले गुनासो पोख्नु भयो ।
उता भर्खरै चुनावमा जिताएर पठाएका नेताहरू पनि यस ठाउँमा संचारको पहुँच हुनुपर्छ भन्ने कुरा राख्दै आएका छन् । नापानीमा संचारको पहुँच पुर्याउनु पर्छ, त्यसको पहल भइरहहेको गुठिचौर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुनकुमार महताराले बताउनु भयो ।
जुम्लाको तीन ठाउँकाे केन्द्र नापानि हाे । ऐतिहासिक ठाउँसमेत रहेको नापानीमा मोवाइल तथा संचारको पहुँच नहुनु दुखद कुरा रहेकोले त्यसको लागि कदम चाल्ने पनि तयार रहेको महताराले जनाएका छ्न। त्यस्तै गुठिचौर गाउँपालिकाले पनि पालिका भित्रका सबै टोल टोलमा संचारको पहुँच पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ ।
गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले नापानीको विषयमा महत्वपूर्ण समस्या रहेकोले यसलाई पालिकाले नेपाल टेलिकमसँग समन्वयन गरी समस्या समाधान गर्ने बताउनु भएको छ । त्यस्तै नेपाल दुरसचार कार्यालय जम्लाका प्रमुख सुर्य प्रशाद यादवले विस्तारको काम भइरहेको र बाहिरबाट सामाग्री आउँदा ढिलाइ भएको बताउनुभयो ।
गुठिचौर १ वडा बन्दै गरेको टावर बन्नका लागि एन्टिना सिगनल आएपछि तिहार सम्म बनाउने आश्वसन दिनुभएको छ । त्योभन्दा अगाडि तातोपानी गाउँपालिका ८ ताम्तिमा दशैमा टावर आउने उहाँले बताउनुभयो । छिटोछरितो तरिकाले काम भइरहेको दुर सञ्चार कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । यस विषयलाई गम्भीर रूपमा लिई समाधान गर्नुपर्ने देखिन्छ ।



