जुम्ला । शसस्त्र प्रहरी बल नेपाल नं.३३ गण हेड क्वाटर त्रिपुरा, जुम्लाकाे आयाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । नजिकीदै गरेकाे दशैँ तिहार छठ पर्वकाे अबसरमा जिल्लाका सबै सराेकारवाला बीच शुभकामना आदान प्रदान गरिएकाे हाे ।
शसस्त्र प्रहरी बलकाे नवनिर्मित नयाँ भवन बनेकाे तातोपानी-५ स्थित फानचाैरमा शुभकामना बडा खाना कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त अवसरमा बाेल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले गिडिदह तथा तातोपानी धारा लगायत तातोपानीका गाैरव भएकाे बताए । तातोपानीमा सुरक्षा निकायकाे संरचना निर्माण हुनु सकारात्मक भएकाे उनकाे भनाई छ ।
अझै संरचना निमार्ण गर्न बाँकी रहेकाेले सहयाेगकाे लागि पहल गरिदिन आग्रह उनले आग्रह गरेका छन् ।
यस्तै ताताेपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले तातोपानी गाउँपालिकाका तत्कालीन जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा अगुवाहरूकाे पहलमा हेड क्वाटर स्थापना गरिएकाे बताए ।
हेड क्वाटर स्थापना गर्दा धेरै बाधा र व्यावधान खेप्नु परेकाे अध्यक्ष चाैलागाईले बताए । आफू निर्वाचित भएपछि १८ जना जग्गादाताकाे सहयाेगमा २२ हजार वर्ग मीटरमा खुलाउन सम्भव उनकाे भनाई छ । उक्त अवसरमा जग्गादाताहरूलाई दाेसल्लासहित सम्मान गरिएकाे थियाे । शुभकामना कार्यक्रममा जिल्लास्थित सराेकारवालाहरूकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक चेतराज जाेशीले नागरिककाे शान्ति सुरक्षा संगै विपदका बेला राहत उद्दारका लागि शसस्त्र खट्दै सेवा गरिरहेकाे बताए । भवनकाे ओैपचारिक उद्घाटन गर्न बाँकि रहेपनि संरचना अभावले काेचिएर बस्नु पर्ने बाध्यात्मक अबस्थाकाे अन्त्य भएकाे उनकाे भनाई छ ।
गण स्थापनाका लागि निशुल्क जग्गा दान गरेका जग्गादाताहरुलाई सम्मान सहित धन्यबाद ब्यक्त गरे ।
निकट भविष्यमै शसस्त्र प्रहरी बल सदरमुकामबाट ताताेपानी ५ स्थित नवनिर्मित गणमा सर्ने तयारीमा छ । हाल केही संख्यामा बस्न थालिसकेका छन् ।
शुभकामना कार्यक्रममा संघिय सांसद ज्ञानेन्द्र बहादुर शााही प्रदेश सांसद देबेन्द्र बहादुर शााही,जिल्लाका पालिका अध्यक्ष,सबै विषयगत कार्यालयका प्रमुख लगायत सर्वसाधारणकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा संघिय सांसद ज्ञानेन्द्र बहादुर शाहीले शुभकामना मन्तव्यमा विषाायन्तर गर्दै पत्रकार मााथि खनिएका थिए ।



