हमासको आक्रमणमा परेर मारिएका तीन नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो

काठमाडौं। दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० मध्ये तीन नेपाली विद्यार्थीको शव आज बिहान काठमाडौं ल्याइएको छ ।

फ्लाई दुबईको उडानबाट शव नेपाल ल्याइएको हो । शव आएसँगै परराष्ट्र मन्त्री एनपी साउद, नेपालस्थित इजरायलका राजदूत र मृतक विद्यार्थीका आफन्त विमानस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

हमास समूहको आक्रमणमा परी निधन भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको हो । आशिष चौधरीको शव पनि आजै ल्याइनेछ । अन्य बाँकी शवको पहिचानको काम भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । पहिचानको काम सकिएपछि बाँकी शव नेपाल ल्याइने छ ।

स्रोत: नयाँ पत्रिका

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस