जुम्लामा एक लाख राशिको वडा कप सञ्चालन,३० टिम सहभागी


जुम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिका -४ काे आयाेजनामा वडा कप सुरु भएकाे छ। १ लाख राशि रहेकाे वडा कप शनिबारदेखि सुरु भएकाे हाे।

आयाेजकका अनुसार वडा कपमा द्वितीय स्थान हासिल गर्ने टिमले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।

आठ स्थानीय तह र ६० वडा अस्तित्वमा रहेकाे जुम्लामा ३० वटा टिमले सहभागीता जनाएका छन्। जिल्लाका सिंजा र हिमा गाउँपालिकाबाट कुनै पनि टिम सहभागी छैनन्।

ओपनिङ खेल चन्दननाथ ४ भेट्रान र चन्दननाथ ५ भेट्रान बिच खेल सम्पन्न भयाे। खेल कार्तिक २२ गते सम्म सञ्चालन हुनेछ।

प्रत्येक टिममा १८ खेलाडी, ३ जना प्रशिक्षक, व्यवस्थापक र मेडिकल अफिसियल गरि २१ जना समावेश रहेका छन्।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस