जुम्ला ः हिमा गाउँपालिका – ओदी गाउँ लामा विष्णु यूवा क्लवको एक लाख राशीको भलिवल उपाधि पलाता गाउँपालिका कालिकोट प्राप्त गरेको छ । हिमा गाउँपालिका जुम्लाको आर्थिक सहयोग र लामा बिष्णु युवा क्लबको आयोजनामा सञ्चालित खुला पुरुष भलिबल प्रतियोगितामा पलाता गाउँपालिका कालिकोट प्रथम स्थान ल्याएर उपाधि प्राप्त गरेको हो ।
द्धितीय स्थान मिड प्वाईन्ट सिंजा जुम्ला र तृतीय स्थान पुजा फेस हाउस रारा जुम्लाले प्राप्त गरेको छ । प्रथम हुने पालाता गाउँपालिका कालिकोटलाई एक लाख रुपियाँको चेक र प्रमाणपत्र, मेडल उपलब्ध समेत गराईएको आयोजकले जनाएको छ ।
लामा बिष्णु यूवा क्लबले ५० हजार द्धृतीय र तृतीय २५ हजार पुरस्कार सहित प्रमाणपत्र, टफि, मेडल सहित उपलब्ध गराईएको लामा बिष्णु यूवा क्लब जुम्लाका अध्यक्ष धिरेन्द्र रोकायाले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पलाता गाउँपालिकाबाट सहभागी कमल गहतराज, उत्कृष्ट स्पाइकर पलाता गाउँपालिकाकै शैलेन्द्र शाही, उत्कृष्ट डिफेन्सर जुम्ला सिंजा मिडप्वाईन्टको प्रेमबहादुर रोकाया र लिप्टरमा कालिकोट पलाता गाउँपालिकाका ललित परियार पुरस्कार प्राप्त गरेका छन् ।
भलिवल प्रतियोगितामा गाउँमा पहिलो पटक हरेक खेलमा उत्कृष्ट खेल्ने खेलाडीलाई म्यान अफद म्याचको घोषणा सहित पुरस्कार समेत दिईएको छ ।
ओदी गाउँस्थित प्रशिद्ध लामा विष्णु देवताको पैठको अवसरमा करिब २० बर्ष देखि निरन्तर भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यूवा क्लवले खेलाएको सवैभन्दा ठूलो राशीको उक्त भलिवल प्रतियोगितामा जिल्लाबाट रेफ्री हरिलाल महत र राष्ट्यि खेलाडी लक्ष्मी रावलले रेफ्रीको भूमिका निर्वाह गरेका १६ वटा टिम भलिवल खेलमा सहभागिता जनाएका थिए ।



