जुम्ला । मुआब्जा नपाएको भन्दै जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ–मनाङ–मुस्ताङ जोड्ने पक्की पुल तथा सडक सञ्चालनमा स्थानीले अबरोध गरेका छन् । चन्दननाथ नगरपालिका ६ स्थित पक्की पुल सञ्चालनमा जग्गा धनीले मुआब्जा नपाएको भन्दै अबरुद्द गरेका हुन् । पुल साईटमा खनेपछि उक्त सडक भएर बोहोरागाउँ,बारकोटेबाडा,छिनागाउँ लगायतका गाउँको आवतजावत रोकिएको छ ।
मंगलबार विहानदेखि जग्गा धनीले पुल अबरुद्द गरेपछि आवतजावतमा समस्या भएको छ । सडक डिभिजन जुम्लाले करिब ७ वर्ष पहिले पुल निर्माण गरेको थियो । पुल निर्माणको बोहोरा गाउँ तर्फको खण्डमा पछि क्षतिपुर्ति पाईने सहमतिमा स्थानीयले जग्गा दिएका थिए । पुल निर्माण भएको ७÷८ वर्ष बितिसक्दा पनि कुनै क्षतिपुर्ति नपाएपछि बाध्य भएर पुल अबरुद्द गरेको जग्गा धनी चन्द्र देवकोटाले बताए ।
पछि उचित क्षतिपुर्ति उपलब्ध गराउने सर्तमा सबै दलका प्रतिनिधि बसेर सहमति गरेपछि जग्गा उपलब्ध गराएका हौ । देवकोटाले भने,“पुल निर्माण भएको ७÷८ वर्ष बितिसक्दा समेत कुनै क्षतिपुर्ति पाईएन् । पहिला सहमति गराउने दलहरु अहिले वास्ता गर्दैनन् । पारिवारिक अबस्था कमजोर छ । अन्य उब्जनी गर्ने जग्गा छैन् । त्यसैले मुआब्जाको माग राखेर पुल अबरुद्द गरेका हौ ।”
खेताली धान रोप्ने खेत १५ सय वर्गमिटर र पाखो ३ सय वर्गमिटर जग्गा पुल निर्माणका लागि भनेर दिएपनि क्षतिपुर्ति नपाएको देवकोटाले गुनासो पोखे । नदीमा मिसिएको जग्गा निकालीदिनु पर्ने र मासिएको जग्गाको क्षतिपुर्ति पाउनु पर्ने स्थानीयको माग छ ।
चन्दननाथ १० बोहोरागाउँ निवासी चन्द्र देवकोटा संगै कुईरो सार्कि र गोरीकला सार्किले पुल निर्माण गर्दा जग्गा दिएका थिए । उनीहरु केहिको जग्गा पुर्ण मासिएको छ । भने केहिको जग्गामा माटो राखीएको थियो । यी तिरै परिवारले सोमबार विहान पुलको साईटमा गहिरो खनेर अबरुद्द गरेका हुन् । यश अघि पनि मुआब्जा बिवादका कारण दुई पटक पुल अबरुद्द गरेका थिए ।
पुल अबरुद्द हुँदा चन्दननाथ नगरपालिका वडा नं.१० का बोहोरागाउँ,बारकोटेबाडा,पिपलगाउँ र वडा नं का छिना मतगाउँको आवतजावत बन्द भएको छ । सवारी आवतजावत पुर्ण बन्द रहेको छ । पकट पटक भएको सहमती कार्यान्वयन नहुँदा नागरिकले सास्ती पाएको यूवा नेता लोकेन्द्र राजगिरि बताउँछन् । यश पटकको मुआब्जा बिवादको दिर्घकालिन समधान खोज्न सबै सरोकारवालाको ध्यान पुग्नुपर्नेमा जोड दिए ।
उक्त पुल निर्माणको ठेक्का डिएस पृथ्वी जेभीले पाएको थियो । उक्त पुल निर्माणको स्थानीय प्रतिनिधिका रुपमा चन्दननाथ ६ का वडाध्यक्ष रवि थापालाई तोकेको थियो । पुल निर्माण गर्दा जगादातासंग सबै दलका प्रतिनिधिबसेर सहमती गरेका थिए । तर के सहमती भएको मलाई थाहा भएन् ।
वडाध्यक्ष थापाले भने,“प्रतिनिधि भएर काम गरेको हुँ । सहमतिमा के कसरी भएको थियो भन्ने बारे थाहा छैन् । थुप्रै नेताहरु बसेर सहमती गरेको सुनेको हुँ । हामीले सहमती जुटेपछि काम गरेका हौ । अरु थाहा छैन् ।”
कुल ५ करोड लगानीमा पुल निर्माण सम्पन्न भएको थियो । यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्ट केहि असझदारी भए संबाद र बार्ताबाट निकास निकाल्नु पर्नेमा पुलनै अबरुद्ध गर्न नहुने बताउँछन् ।
उनी भन्छन,“छिना साँघु पुल पहिलानै निर्माण भएको हो । अबरुद्ध भएको सुनेपछि कसरी भयो,के कस्तो सहमती भएको थियो ? निर्माण पक्ष वा कार्यालयको जिम्मेवारी हो की ? यस विषयमा विस्तृप्त बुझ्दै छु । तर सडक पुल अबरुद्ध गरेर जनतालाई सास्ती दिनु उचित हैन् ।”
नेपाली काँग्रेस,नेकपा एमाले,माओबादी लगायत सबै दलका जिम्मेवार नेताहरु बसेर गरिएको सहमती कार्यान्वयन नहुँदा स्थानीय सास्ती पाउनु परेको छ । यसको तत्काल निकास निकाल्नु पर्नेका नागरिक अगुवाको जोड छ ।



