जुम्ला। जुम्लामा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।शुक्रबार राति करिब ११ः४८ बजेतिर जुम्ला आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यद्दपि आज रातिको भूकम्प नेपालको अधिकांश ठाउँमा गएको अनुमान गरिएको छ ।
पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो।
अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन । पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्।
त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन् । भूकम्प आउने पूर्व अनुमान लाउन नसकिने हुँदा सर्तकता अपनाई सुरक्षित रहन आग्रह गरेका छन् ।
#जुम्ला #भूकम्प



