जाजरकाेट भुकम्प: १३३ जनाकाे मृत्यु,१४० जना घाईते

जुम्ला । पश्चिम नेपालमा गएराति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा हालसम्म १३३ को मृत्यु र १४० जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरीले कर्णालीका २ जिल्ला जाजरकोट र रुकुमको क्षतिको विवरण निकालेको हो ।

प्रदेश प्रहरीको जानकारी अनुसार हालसम्म जाजरकाेटमा मृत्यु हुनेको संख्या ९५ र घाइतेको संख्या ५५ रहेको छ भने रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३८ जना र घाईतेको संख्या ८५ जनाको रहेको छ ।

भने हालसम्म यी दुई जिल्ला गरेर कुल १३३ जनाको मृत्यु,१४० जना घाईते भएको विवरणमा उल्लेख छ ।

घाइते दुई जिल्ला गरेर जाजरकाेट,रुकुम क्रमश: २२ जना,१५ जनालाई थप उपचारको लागि सुर्खेत र नेपालगन्जमा रेफर गरिएको छ । घाइतेहरुमध्य रुकुमका ३० जनालाई डिस्चार्ज गरिएको छ । विवरण विहान १०:३० बजे सम्मको हो ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस