ताताेपानी गाउँपालिकाले भुकम्प पिडितकाे राहतका लागि १० लाख सहयाेग गर्ने

जुम्ला । जाजरकाेट र रुकुम पश्चिमका भुकम्प पिडितलाई जुम्लाकाे ताताेपानी गाउँपालिकाले १० लाख सहयाेग गर्ने भएकाे छ ।

भुकम्प पछि भत्किएका संरचनाकाे पुर्ननिर्माण,पिडितकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि पालिकाले १० लाख सहयाेग गर्ने निर्णय भएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले बताए ।

नेपाल सरकारले भुकम्प पिडितका लागि खडा गरेकाे प्रधानमन्त्री दैविक प्रकाेप उद्दार काेषमै सहयाेग रकम जम्मा गर्ने छाै । उहाँले भने,”भुकम्पले छिमेकी जिल्लाहरु पिडामा छन् । खाधन्न,ओैषधि उपचार अभाव चुलिएकाे छ । तत्कालनका लागि भनेर १० लाख सहयाेग गर्दै छाै । एउटै निकायले गरेर मात्र सम्भव नहुने भएकाेले विपद्मा समन्वय सहकार्य गर्नु आबश्यक हुन्छ ।”

भुकम्पमा परी ज्यान गुमाउनेहरु प्रति ताताेपानीले दु:ख व्यक्त गर्दै घाईतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेकाे छ । कर्णालीका ७९ वटा स्थानीय तहमध्य भुकम्प पिडितलाई सहयाेग गर्ने पालिकाहरुमा ताताेपानी पहिलाे बनेकाे छ ।

पिडितहरुकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि दिनरात खटिने,नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी,स्वास्थ्यकर्मि लगायत सबैलाई ताताेपानीका अध्यक्ष चाैलागाईले धन्यबाद  समेत दिएका छन् ।

गत शुक्रबार राती गएकाे जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु बनाएर गएकाे ६.४ म्याग्नेच्युटकाे भुकम्पले जाजरकाेट र रुकुम पश्चिमका गरि १ सय ५७ जनाकाे मृत्यु भएकाे छ । भने करिब २ जना घाईते भएका छन् ।

जाजरकाेट र रुकुम पश्चिममा राहा उद्दार पुर्नस्थापनाकाे कार्य जारी रहेकाे छ ।
यसैबीच विभिन्न निकायहरु मार्फत पिडितकाे राहत उद्दारका लागि सहयाेग रकम घाेषाणा हुने क्रम पनि जारी छ ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस