जुम्ला । जुम्लामा मौसम प्रतिकुलताकै बीच पनि जोखिम मोलेर खेती गरेका पुष्प व्यवसायी फूल सुक्न थालेपछि मर्कामा परेका छन् । तिहारकै मुखमा फूल सुक्न थालेपछि मर्कामा परेका हुन् । घरखर्चको जोहो गर्न जुम्ला चन्दननाथका महिलाले फूल खेती गर्दै आएका छन् । जुम्लाका आठ स्थानीयतह मध्य कुनैपनिले स्थानीय फूलको व्यवसायीक उत्पादनमा लगानी गरेको छैन् ।
नीजि लगानी र ज्ञानसिपका भरमा फूल खेती गर्दै आएका जुम्लाका पुष्प व्यवसायी फूल सुकेपछि मर्कामा परेका हुन । चन्दननाथ नगरपालिका ७ कि पुष्प व्यवसायी कृष्णमाया रावतले दुई भारी खेतमा रोपिएको फूल तिहारका लागि रोपेपनि चिसोले ओईलिन थालेपछि समस्या भएको बताईन् । दशैँमा थोरै विक्रि भयो । चिसोबाट बचाउन प्रयास गर्दा पनि भएन् धेरैजसो ओलाएको छ । तिहार ढिला परेपछि फूल जोगाउन मुस्किल भयो ।
उनले भने,“गत वर्ष फूल बेचेरै २० हजार कमाए रावत यश वर्ष मुस्किलले ८–१० हजार समेत कमाई नहुने दुखेसो गर्छन् । दुई भारी खेतमा अरु खेती नगरी फूल लगाएपनि मौसम प्रतिकुलताले अधिकांश फूल ओईलिएपछि समस्या भएको छ ।”
कार्तिक पहिलो दोस्रो सातासम्म जुम्लामा फूल जोगाउन सकिन्छ । तर दैनिक चिसो बढदै गएकोले कार्तिक २९ गते परेको भाईटिकाका लागि सोचेजस्तो स्थानीय फूलको व्यापार नहुने पुष्प व्यवसायी विष्णुमा रावत बताए ।
उनले भने,“हाम्रै उत्पादनले आयातित पलाष्टिकका मालामा रोक लगाउन त सम्भव छैन् । तर स्थानीय फूल रुचाउनेहरुको आबश्यकता पुर्ति हुन्थ्यो । बजारमा बेच्न लिँदा फिर्ता हुदैन थियो । तर यसपाली त्यो अबस्था पनि छैन् । आयातित मालाकै भर पर्नुको विकल्प छैन् ।”
दुई वर्षदेखि फूल खेती गर्दै आएकी विष्णुमाया गत वर्ष १५ हजार कमाएकोमा यसपाली ६–७ हजार पनि कमाई हुने स्थिति नरहेको बताउँछन् । तिहार पछि परेपछि विभिन्न उपाय अपनाएर जोगाएको फूल तुसारोले ओईलिएर सुकेको छ । केही मात्रामा रहेको फूललाई जोगाउनै मुस्किल भएको उहाँको भनाई छ ।
कृष्णमाया र विष्णुमाया मात्र नभई जुम्लाका अन्य पुष्प व्यवसायीहरु पनि चिसोले फूल मर्न थालेपछि मर्कामा परेका छन् । जुम्लाको चन्दननाथ वडा नं ७,८ र१० का महिला २–३ वर्षयता फूलखेती गर्दै आएका छन् ।
सानो मालाको ५० र ठुलो मालाको १ सय मुल्यमा बेचेर घर खर्च जुटाउदै आएका महिलाहरुको यसवर्ष तिहार पछि परेपछि रोजीरोटीनै खोसिएको छ । पुष्प खेतीमा लगानी गर्न नसकेका स्थानीय तहले मर्कामा परेका पुष्प व्यवसायीलाई राहत उद्दार गर्लान भन्ने विश्वास समेत नरहेको व्यवसायीको भनाई छ ।
पछिल्ला वर्षमा जुम्लामा रैथाने फूलको व्यापार हुन थालेको छ । आयातित प्लास्टिक मालाकै भरमा दसैं तिहार मनाउने जुम्लामा केही वर्षयता रैथाने फूलको प्रयोग र व्यापार बढेको हो ।
विगतका ४÷५ वर्ष पहिला हरेक घरघरमा आयातित प्लास्टिकका माला लगाएका हुन्थे भने बजारभरि प्लास्टिक मालाले भरिएको हुन्थ्यो । तर पछिल्लो २÷३ वर्ष यता जुम्लामा व्यावसायिक पुष्पखेती हुन थालेपछि रैथाने फूलको व्यापार हुन थालेको छ । तर सबैभन्दा बढी फूलको व्यापार हुने पर्व तिहार ढिला परेपछि जुम्लाका पुष्प व्यवसायी मर्कामा छन् ।



