जुम्ला । नेपालकै ठूलो ताल ‘रारा ताल’ हो । रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ। रारा तालको अर्को नाम महेन्द्र ताल पनि हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ ।
जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।
प्रकृतिको अनुपम उपहारको रूपमा श्रृजित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक रोजाइमा परेको छ। यहाँ हरेक वर्ष जुनसुकै समयमा पनि पर्यटकहरुको भीड लाग्ने गरेको छ ।
फोटो फिचर:
तस्बिर : सागर परियार