जुम्ला । जुम्लामा आयोजित वडा कप पुरुष ‘नक आउट’ फुटवल प्रतियोगिता आज समापन भएको छ । करीब १२ दिनसम्म सञ्चालित वडा कप नक आउट फुटबल प्रतियोगितको समापन तथा फाइनल खेल आज भएको हो ।
खेलमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो जसमा चन्दननाथ नगरपालिका वडा नं -४ लाई हराउँदै चन्दननाथ नगरपालिका वडा नं- ३ ले प्रथमको उपाधि हात पारेको छ भने वडा नं ४ द्वितिय भएको छ । वडा नं-४ को टीमलाई २ गोलले पछि पार्दै वडा नं – ३ को टिम प्रथम स्थान हासिल गरेको हो र वडा नं ४ ले २ गोल खाएर वडा नं ३ सङ्ग पराजित भएर द्वितिय भएको हो । यसमा वडा नं ३ को २ गोल थियो भने वडा नं ४ को ० गोल थियो ।
प्रथम स्थान हासिल गर्न सफल वडा नं ३ का खेलाडीलाई कप सहित १ लाख १ हजार ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ र द्वितीय स्थान आउन सफल वडा नं ४ को टिमलाई कप सहित ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
वडा कप नक आउट फुटबल प्रतियोगिता को आयोजना चन्दननाथ नगरपालिका वडा नं ४ ले गरेको हो । करिब १२ दिनसम्म सञ्चालित यस फुटबल प्रतियोगितमा ३० वटा टिम सहभागी भएका थिए ।
आज फाइनलमा २ टिमबीच प्रतिस्पर्धा गराई चन्दननाथ नगरपालिका वडा नं ३ प्रथम र चन्दननाथ नगरपालिका वडा नं ४ दोस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ ।



