जुम्ला । हिमा गाउँपालिकाको सार्वजानिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो
नागरिकका गुनासा सुनुवाई तथा प्रभावकारी सेवा प्रवाहका लागि आफ्ना गतिविधि आम नागरिक माझ प्रस्तुत गर्नु पर्ने र शुसासन पारदर्शिता कायमका लागि अनिवार्य मानिएको सार्वजानिक सुनुवाई कार्यक्रम हिमाले गरेको हो ।
कार्यक्रमका अबसरमा प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले गत आर्थिक वर्षको प्रगती विवरण प्रस्तुत गरेका थिए । जसमा ४५ करोड ६ लाख ९६ हजार ८ सय ४६ रुपैया विनियोजित गरेको ४० करोड ९९ लाख ६४ हजार ६६० रुपैििडयाढृफ खर्च भएको प्रशासकिय अधिकृत बुढाले जानकारी दिए । उक्त बजेट खर्चिएर गत आबमा विभिन्न कार्यक्रम सहित ११३ वटा योजना सम्पन्न भएका छन् ।

सार्वजानिक सुनुवाई कार्यक्रममा करिब १५ जनाले प्रश्न,जिज्ञासा राखेका थिए । भने उक्त प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत,लगायतका सम्बन्धीत व्यक्तिले दिएका थिए ।
कार्यक्रममा बोल्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले हिमा सरकार समृद्धको लयमा अघि बढेको बताए । १८ महिनाको अवधिमा खानेपानी,स्वास्थ्य तथा विकासका क्षेत्रमा उल्लेखीय काम भएको दाबी गरे । हिमाका ७७६ घरधुरीमा एकै वर्षमा खानेपानी पुगेको,७ पटक निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको,निशुल्क एम्बुलेन्स ल्याएको,लाखौको विपद्का सामान निशुल्क ल्याएको लगायतका काम भएको बताए ।

तर प्रतिपक्षले राम्रो काम गरेको कहिले नदेख्ने नभएका कुराको भ्रम फैलाउने गरेको भन्दै सधै जनताको पक्षमा आफुले काम गर्ने उल्लेख गरे ।
हिमाको आयोजना,सिन्जा मल्टिमिडिया प्रालीको सहजीकरण तथा गिडिदह मिडिया प्रालीको समन्वयमा शुक्रबार हिमाको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।



