जुम्लामा कुमारी बैंककाे ३०९ ओैँ शाखा  विस्तार,सेवा र व्यवसाय प्रर्बद्दनमा जाेड

जुम्ला । कुमारी बैंक लिमिटेडकाे ३०९ ओैँ शाखा जुम्लामा विस्तार भएकाे छ । दुर्गमका नागरिककलाई बैंकिङ सेवाकाे पहुँचमा पुराउने लक्ष्यका कुमारी बैंककाे शाखा जुम्लामा विस्तार गरिएकाे हाे ।

जुम्ला शाखाकाे साेमबार ओैपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएकाे छ । संविधान सभा सदस्य ललितजंग शाहीले बैंककाे शाखाकाे ओैपचारिक उद्घाटन गरेका हुन् ।  उद्घघाटन संगै साेमबारदेखि बैंकले सेवा दिन सुरु गरेकाे छ ।

संविधानसभा सदस्य ललितजंग शाहीले कुमारी बैंकले जुम्लाकाे व्यापार व्यवसाय प्रर्बद्दन संगै नागरिक सन्तुष्ट हुने खालकाे सेवा प्रवाहमा जाेड दिने बताए ।

कुमारी बैंककाे स्थापना गर्नै अहम भुमिका खेलेका शाही  २०६० देखि ०६४ सम्म बैंककाे सञ्चालक समितिकाे सदस्य समेत रहेका थिए  ।

बैंक तथा वित्तिय क्षेत्रकाे विस्तार हुनु खुसीकाे कुरा हाे । उनले भने,’बैंकबाट सेवाग्राहिले सहज सेवा नपाएकाे । बैंकले सामाजिक उत्तरदायित्वकाे काम नगरेकाे,पहुँचका भरमा ऋण दिएकाे जस्ता गुनासा धेरै छन्  । तर कुमारी बैंकले सबै भ्रम चिर्दै जुम्लाकाे व्यापार व्यवसाय तथा कृषि पर्यटन उधाेग क्षेत्रलाई अघि बढाउन आबश्यक लगानी गर्ने विश्वास छ ।’

बैंकले नाफा सहितकाे सेवा भन्दा सेवा सहितकाे नाफा लिनु पर्नेमा जाेड दिए । पछिल्लाे समयमा बैंक बित्तिय क्षेत्रकाे बढ्दाे लहरमा आफुलाई फरक र पृथक देखाउन कुमारी बैंक सफल हुनु पर्ने उल्लेख गरे ।

चन्दननाथका मेयर राजुसिंह कठायतले जुम्लामा दर्जनाै बैंक विस्तार भएपनि छिटाे छरिताे सेवा दिन तर्फ ध्यान दिन सुझाव दिए । बैंक तथा बित्तिय क्षेत्रले कुल नापाकाे केही प्रतिशत रकम  सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्चिनु पर्ने भएपनि जुम्लामा त्यसाे नभएकाे उल्लेख गरे । कुमारी बैंक उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने आशा व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कुमारी बैंक नेपालकाे पुरानाे नीजि बैंकले  भएकाेले खुल्लाअर्थतन्त्रकाे मान्यतालाई मध्यनजर गर्दै भरपर्दाे  सेवा दिनु पर्ने बताए । उपभाेक्ताकाे बचत र बैकिङ सेवानै असुरक्षित हुने  अबस्था आएकाेले त्यस तर्फ ध्यान दिन सुझाव दिए ।

कुमारी बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख चेतकान्त बन्जाडेले सेवा ग्राहिकाे सन्तुष्टि पहिलाे प्रथामिकता रहेकाे बताए ।
विपन्न नागरिककाे बैंकिङ पहुँच विस्तार,आर्थिक उन्नती तथा व्यवसाय प्रर्बद्दनमा जाेड दिने बैंककाे लक्ष्य रहेकाे उनकाे भनाई छ ।  जुम्लाकाे कृषि पर्यटनलाई उत्कृष्ट बैकिङ सेवा मार्फत प्रर्बद्दन गरिने बैंकले जनाएकाे छ ।

काेराेनापछि व्यापार व्यवसाय तथा व्यवसायी निकै घाटामा गएकाेले व्यवसाय उत्थानका लागि समेत बैंकिङ क्षेत्रकाे महत्वपुर्ण रहेकाे बताए ।

परिवार सुरक्षित बचत खाता कार्यक्रम मार्फत १० हजार जम्मा गरेकाे खण्डमा २६ लाखकाे बिमा हुने याेजना समेत बैंककाे विशेषता रहेकाे छ ।

बैंककाे शाखा उद्घाटनमा जुम्लाका जनप्रतिनिधि,उधाेगी व्यापारी,नागरिक समाज लगायतकाे सहभागिता रहेकाे थियाे ।
कर्णाली प्रदेशकाे राजधानीपछि जुम्लामा सबैभन्दा धेरै दुई दर्जनबढि बैंक तथा वित्तिय संस्थाहरु स्थापना भएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस