जुम्ला । जुम्लामा आयोजित प्रथम अमृत स्मृती खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी जनसेवा यूवाक्लबले जितेको छ । लेकाली यूवाक्लबद्धारा आयोजित प्रतियोगितामा सोमबार भएको फाईनल खेलमा आयोजक क्लब लेकाली यूवाक्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै जनसेवा यूवाक्लब बिजेता बनेको हो ।
फाईनल खेलको निर्धारित समयमा दुबै टिम गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भएको थियो । पेनाल्टी सुटमा आउटमा लेकाली यूवा क्लबलाई ३ गोलका विरुद्ध ५ जनसेवा यूवा क्लब उपाधी उचाल्न सफल भएको हो ।
विजेता टिम जनसेवा यूवाक्लबले नगद ८५ हजार, मेडल,कप र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लेकाली यूवाक्लबले नगद ३५ हजार राशी, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रथम अमृत स्मृती फुटबल प्रतियोगितामा जुम्लाका १८ वटा क्लबको सहभागिता थियो । जुम्लामा आयोजित हुने प्रत्यक प्रतियोगितामा विवाद हुने गरेपनि प्रथम अमृत फुटबल प्रतियोगिताको आयोजकले सौहार्द र शान्तीपुर्ण ढंगबाट खेल सम्पन्न गरेर जिल्लामा नयाँ सन्देश दिएको छ । भने व्यवस्थापकीय पाटोलाई समेत अनुसरण योग्य बनाएको थियो ।



