
जुम्ला । दुर्गम कर्णालीका ग्रामिण भेगमा गुणस्तरीय शिक्षा प्रदान तथा विद्यालय पहुँच सम्म विपन्न बालबालिका पुग्न नसक्नुमा बाधा पु¥याउने धेरै कारणहरू छन् । कमजोर सुरक्षित र अपाङ्गता समावेशी विद्यालय पूर्वाधार नहुनु,कक्षाकोठाको अभाव, कम तालिमप्राप्त शिक्षक,परम्परागत रट सिकाइ विधिको प्रयोग, मैत्रीपुर्ण धारा र शौचालय नहुनु लगायतका कारणले सामुदायिक शिक्षा खस्कदो छ ।
सग्रमा सुरक्षित तथा मैत्रीपुर्ण विद्यालय पूर्वाधार नहुनुले सामुदायिक विद्यालयमा आर्कषण घट्दो मात्र छैन् । भएका जीर्ण विद्यालयका भवनले बालबालिका जोखिममा समेत रहेका छन् । सामुदायिक विद्यालयका यस्तै तमाम समस्या,बढ्दो भुकम्पीय जोखिम र विद्यालयमा शत प्रतिशत बालबालिको पहुँच बृद्धि गर्न जुम्लाको सिञ्जा क्षेत्रका तीन पालिकामा सुविधायुक्त मैत्रीपुर्ण विद्यालय भवन निर्माण गर्न थालेको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा पेश नेपाल जुम्लाद्धारा संचालित आधार परियोजना मार्फत करोडौ बजेट लगानी गरेर सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा ५ वटा नमुना विद्यालय भवन निर्माण भईरहेका छन् ।
लैङ्गिक रूपान्तरण र समावेशी सिकाइ वातावरणको लागि सुधारिएको विद्यालय निर्माण,कक्षा कोठा व्यवस्थापन,मैत्रीपुर्ण शौचालय,हात धुने स्टेशन,शुद्ध खानेपानी सुविधा,सुधारिएको बच्चा, मोडेल कक्षाकोठा निर्माण सहितका सुविधायुक्त भवन निर्माण भएका हुन् ।
पाँच वटै विद्यालय भवन वालमैत्री, अपागमैत्री,छात्रछात्रामैत्री,अपांगमैत्री शौचालय,बालबालिकाको पहुँचयुक्त धारा सिकाईमैत्री कक्षाकोठा सहितको सुविधा तथा विशेषता नयाँ विद्यालय भवनमा हुने छन् ।
जस अन्तर्गत सिंजा गाउँपालिका वडा नं. ६ जोडु गाउँ स्थित माध्यमिक विद्यालयमा चार कोठे सुविधायुक्त भवन निर्माण तिब्र गतिमा भईरहेको छ । गत वर्ष असोजको बेमौसमी वर्षाले विद्यालय भवनमा बाढी पहिरोले क्षति गरेपछि अहिलेपनि विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य छन् । भने, वर्षात भएको समयमा पढाईनै बन्द गरेर विद्यार्थीलाई घर पठाउनु पर्ने स्थिती छ । विद्यालयलाईनै अन्यत्र सार्नु पर्ने अबस्था थियो ।
सामुदायिक विद्यालयमा बालबालिकाको आर्कषण बढाउन,खस्कदो सरकारी शिक्षा सुधार्न करोडौ लगानीमा मैत्रीपुर्ण नमुना विद्यालय भवन बनाउन थालिएको हो ।
विद्यालयको विभित समस्यालाई मध्यनजर गर्दै प्लान ईन्टर नेश्नल नेपालको आर्थिक सहयोगमा पेश नेपाल जुम्लाद्धारा संञ्चालित आधार परियोजना अन्तगर्रत जोडु गाउँको माध्यमिक विद्यालयमा चार कोठे सुविधायुक्त भवन निर्माण थालिएको पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले बताए । अबको केही महिनामा भवन निर्माण सकिन्छ । उनले भने,“अहिले पनि विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य छन् । मौसम खराबी भए घर फर्किनु पर्ने अबस्था छ । त्यसैले पनि भवन निर्माणलाई गती दिन अनुगमन निरिक्षण नियमित गरिरहेका छौ ।”
जोडुको विद्यालय भवनको सरोकारवालाले मंगलबार संयुक्त अनुगमन समेत गरेका छन् । सिंजाको जोडु गाउँ जस्तै सुविधायुक्त भवन हिमा र कनकासुन्दरीमा पनि निर्माण भईरहेका छन् । कतै अत्याअबश्यक र कतै मागमा आधारित भएर भवनहरु निर्माण गरिएको कार्यकारी निर्देशक न्यौपानले जानकारी दिए ।
३ करोड खर्चेर ५ सुविधायूक्त भवन
पेश नेपाल जुम्लाले आधार परियोजना मार्फत ३ करोडबी रकम लगानी गरेर तीन पालिकामा ५ वटा सुविधायुक्त विद्यालय भवन निर्माण थालेको छ । जसमा सिञ्जा गाउँपालिका वडा नंं. ६ जोडु गाउँको माध्यमिक विद्यालयमा ६५ लाख ३३ हजार ४०४ रुपैया लगानी गरेर चार कोठे भवन,कार्पेट,डेक्स बेन्च सहितको व्यवस्थापन गरिने भएको छ ।
त्यस्तै, हिमा गाउँपालिकाको वडा नं. ७ स्थित महादेव आधारभुत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरब आधारभूत विद्यालयमा १ करोड २४ लाख ७ हजारबढी बजेट लगानी गरेर विद्यालय निर्माण भईरहेको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिए ।
साथै कनकासुन्दरी गाउँपालिका वडा नं. ४ लेकपोरको भैयलपाटा आधारभुत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभुत विद्यालयमा १ करोड २२ लाख ५४ हजार रुपैया खर्चेर भवन निर्माण भईरहेका छन् । लेकपोरको विद्यालय बाहेक अन्य चार विद्यालयमा भवन निर्माणपछि कार्पेटिङ,डेक्स बेन्च व्यवस्थापन,छात्रछात्रा छुट्टै शौचालय,शुद्ध खानेपानी धारा लगायतको व्यवस्थापन गरीने छ । भने तीन पालिकाका ५ वटा सुविधायुक्त विद्यालय भवन निर्माणका लागि पेश नेपालले कुल ३ करोड ११ लाख ८७ हजार बजेट लगानी गरेको छ । ढिलोमा आगामी बैशाख मसान्त सम्म भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिने छ ।



