जुम्लामा बन्चरो प्रहार गरेर एक महिला हत्या घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । कनकासुन्दरी गाउककपालिका–३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढालाई बन्चरो प्रहार गरेर हत्या गर्ने सोही गाउँका २३ वर्षीय श्याम बुढालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावल नेतृत्वको नेतृत्वमा शुक्रबार टोली घटनास्थलमा पुगेको थियो । शुक्रबार दिउँसो साढे १२ बजेतिर महिलाको हत्या भएको खबर प्राप्त भएको प्रहरी निरीक्षक उमेश चन्दले बताए । उनले भने खबर प्राप्त भएपछि जिल्ला र प्रहरी चौकी कनकासुन्दरीबाट टोली घटना स्थलमा खटाएको हो ।
प्रहरी निरीक्षक चन्दका अनुसार घटनाको अनुसन्धान भईरहेको छ । हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर जिल्लामा ल्याएको छ । मृतक शवको पोष्टर्माटम आइतबार गर्ने तयारी गरिएको छ । महिलामाथि बन्चरो प्रहार गरी हत्या गर्ने बुढा मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन् ।



